BIZMANDU
www.bizmandu.com

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा १४ लाख कित्ता आइपीओ जारी गर्ने, एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक

२०८० माघ १५

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा १४ लाख कित्ता आइपीओ जारी गर्ने, एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक
लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा १४ लाख कित्ता आइपीओ जारी गर्ने, एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक

काठमाडौं। लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा प्रिमियम मूल्य थपेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

आइपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धमा सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा लक्ष्मी टेक्नो प्लाष्टका प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबीआई मर्चेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन्।   

लक्ष्मी टेक्नो प्लास्टिकजन्य सामग्री सीपीभीसी/पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिकका फर्निचर, पानी ट्यांकी, बाल्टिन, डस्टबिन, एयर टाइट जार लगायत वस्तु उत्पादनमा संलग्न छ।