BIZMANDU
www.bizmandu.com

एक्टिभिजन ब्लिजार्ड प्राप्तिपछि माइक्रोसफ्टले गेमिङ डिभिजनबाट १९०० कर्मचारी कटौती गर्दै

२०८० माघ १२

एक्टिभिजन ब्लिजार्ड प्राप्तिपछि माइक्रोसफ्टले गेमिङ डिभिजनबाट १९०० कर्मचारी कटौती गर्दै
Photo: Reuters


माइक्रोसफ्टले आफ्नो गेमिङ डिभिजनबाट ८ प्रतिशत अर्थात १ हजार ९ सय कर्मचारी कटौती गर्ने भएको छ। भिडियो गेम ‘कल अफ ड्युटी’ निर्माता एक्टिभिजन ब्लिजार्डलाई प्राप्ति गरेपछि माइक्रोसफ्टले यसै हप्ता गेमिङ डिभिजनबाट कर्मचारी कटौती गर्न लागेको हो

Tata
GBIME
NLIC

कर्मचारीलाई पठाइएको मेमोमा माइक्रोसफ्टको गेमिङ डिभिजनका प्रमुख फिल स्पेन्सरले दुई कम्पनीबीच ‘सिनर्जी’ पाइएपछि कर्मचारी कटौतीको निर्णय लिइएको बताएको द भर्जले उल्लेख गरेको छ।

माइक्रोसफ्टले मुख्यरुपमा एक्टिभिजन ब्लिजार्डबाट कर्मचारी कटौती गर्न लागेको भएपनि यसले एक्सबक्स र जेनिम्याक्सका कर्मचारीहरुलाई पनि प्रभावित पार्ने बताइएको छ।

माइक्रोसफ्ट र एक्टिभिजन गेमिङ व्यवसाय बढाउनका लागि ‘दिगो लागत संरचना’ खोज्न प्रतिबद्ध रहेको स्पेन्सरले कर्मचारीलाई बताएका छन्। माइक्रोसफ्टमा एक्सबस्ककासहित २२ हजार कर्मचारी कार्यरत छन्।

कर्मचारी कटौतीका बीच ब्लिजार्डका अध्यक्ष माइक यबार्राले कम्पनी छाडेका छन्।

‘यो एक अत्यन्तै कठिन दिन हो र मेरो ऊर्जा तथा समर्थन यसबाट प्रभावित सबै व्यक्तिहरूमा केन्द्रित हुनेछ,’ यबार्राले एक्समा भनेका छन्।

एक्टिभिजन ब्लिजार्ड प्राप्तिको काम माइक्रोसफ्टले २०२२ को जनवरीबाटै सुरु गरेको थियो। उक्त प्राप्तिपछि माइक्रोसफ्ट रिभेन्युका आधारमा संसारकै तेस्रो ठूलो गेमिङ कम्पनी बनेको थियो।