BIZMANDU
www.bizmandu.com

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ संस्थागत लगानीकर्तालाई खुला, बोलकबोल गर्नुपर्ने

२०८० माघ १०

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ संस्थागत लगानीकर्तालाई खुला, बोलकबोल गर्नुपर्ने
रिलायन्स स्पिनिङ मिल्सको आइपीओ संस्थागत लगानीकर्तालाई खुला, बोलकबोल गर्नुपर्ने

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमार्फत आइपीओ जारी गरेको छ। कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर जारी गरेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोडको १०.१४ प्रतिशतले हुन आउने  १९ लाख २६ हजार ६०० कित्ता साधारण सेयर बुकबिल्डिङमार्फत बिक्री गर्न लागेको हो। उक्त सेयरको ४० प्रतिशत हुने ७ लाख ७० हजार ६४० कित्ता सेयरमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि बिक्री खुलाएको छ।

सेयरको मूल्यको सीमा प्रति कित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ। नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागी भई बिक्री मूल्यको सीमा भित्र रहेर बोलकबोलमार्फत सेयर खरिद गर्नुपर्ने छ।

योग्य संस्थागत लगानीकर्ताहरुले कम्पनीको सेयर खरिदका लागि आजबाट माघ १४ गतेसम्म सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

गत वर्षको वित्तीय विवरणअनुसार कम्पनीको प्रति सेयर नेटवर्थ २४८.६७ रुपैयाँ छ। प्रति सेयर आम्दानी ५४.३४ रुपैयाँ छ।

आइपीओ निष्कासनका लागि कम्पनीले केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्राप्त गरेको छ। जसले समयमा नै सुरक्षित रूपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ।