BIZMANDU
www.bizmandu.com

एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्तावसहित तोक्यो साधारण सभा र बुक क्लोज मिति

२०८० माघ ८

एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्तावसहित तोक्यो साधारण सभा र बुक क्लोज मिति
एनएलजी इन्स्योरेन्सले लाभांश प्रस्तावसहित तोक्यो साधारण सभा र बुक क्लोज मिति

काठमाडौं। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्‍वान गरेको छ। कम्पनीको आइतबार भएको बोर्ड बैठकले फागुन ३ गते बिहीबारका लागि सभा आह्‍वान गरेको हो।

Tata
GBIME
Nepal Life

सभा बालुवाटारको आम्रपाली ब्याङ्क्‍वेटमा बिहान ११ बजेबाट सञ्‍चालन गरिने भएको छ। कम्पनीले सो सभामा लाभांश वितरणको प्रमुख एजेण्डा पास गर्ने छ।

गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई ५.५० प्रतिशतले हुन आउने ८ करोड २ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुँदै छ। कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८ प्रतिशतले हुन आउने ४२ लाख २४ हजार बराबरको नगद लाभांश दिदै छ।

लाभांश प्रस्ताव साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताहरुको खातामा पठाइने छ। यस लगायत अन्य विभिन्‍न प्रस्तावहरु पनि कम्पनीले सभामा लाने भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भई कायम सेयरधनीहरु लाभांश पाउन तथा सभामा सहभागिताका लागि योग्य हुने छन्।