BIZMANDU
www.bizmandu.com

९.८४ मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिंदै, व्यावसायिक उत्पादन ५ वर्षमा

२०८० माघ ७

९.८४ मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिंदै, व्यावसायिक उत्पादन ५ वर्षमा
९.८४ मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गरिंदै, व्यावसायिक उत्पादन ५ वर्षमा

काठमाडौं। दरौदी नदीमा ९.८४ मेगावाटको अर्ध-जलाशययुक्त जलविद्युत आयोजना निर्माण गरिने भएको छ। मनकामना दरौंदी हाइड्रोपावर लिमिटेडले आयोजनाको निर्माण अघि बढाउन लागेको हो।

Tata
GBIME
Nepal Life

सन् २०२२ मा अध्ययन भएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत हुने चरणमा पुगेको छ।

प्रस्तावित आयोजना गोरखाको गोरखा नगरपालिका- १२, १३ र १४, पालुङटार नगरपालिका-९ तथा सहिद लखन गाउँपालिका -१, २ र ३ मा पर्छ। सुरुमा नदी प्रवाहमा आधारित यो आयोजनाले २०७८ चैत ४ गते अर्धजलाशय प्रकृतिको स्वीकृति पाएको थियो।

यसको क्षमता ८.८५ मेगावाटबाट ९.८४ मेगावाट बनाइएको छ। आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार ग्रस हेड ४५ मिटर र नेट हेड ३९.७६ मिटर हुनेछ।

आयोजनाको विद्युत गृह अर्धभूमिगत हुनेछ। आयोजना निर्माणका लागि करिब २ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १५.९३ प्रतिशत छ। आयोजनाले ६१.८३ गिगावाट आवर वार्षिक ऊर्जा उत्पादन गर्ने अनुमान छ।

५ वर्षमा निर्माण सक्ने लक्ष्यसहित पहिलो वर्ष साइट तयारी र पूर्वाधार विकासको काम हुनेछ। दोस्रो वर्षदेखि आयोजना निर्माणको काम सुरु हुनेछ। पाँचौं वर्षमा निर्माण सकेर परीक्षण र सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।