BIZMANDU
www.bizmandu.com

टीभीएसको बाइक तथा स्कुटर किन्दा ७ हजारसम्म नगद छुट, अन्य अफर के के छन्?

२०८० माघ ७

टीभीएसको बाइक तथा स्कुटर किन्दा ७ हजारसम्म नगद छुट, अन्य अफर के के छन्?
टीभीएसको बाइक तथा स्कुटर किन्दा ७ हजारसम्म नगद छुट, अन्य अफर के के छन्?

काठमाडौं । टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहक लक्षित योजना ‘तिमी, म र टीभीएस’ सार्वजनिक गरेको छ।

Tata
GBIME

यो योजना अन्तर्गत ग्राहकले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा ७ हजारसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

यो योजना एनटर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टीभीएसका उत्पादनमा लागू हुने कम्पनीले जनाएको छ।

यस्तै, कम्पनीले ईएमआई सुविधाअन्तर्गत सेलिब्रेसन अफर पनि सार्वजनिक गरेको छ। साथै, ईएमआई सुविधा ३ हजार ९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ।