BIZMANDU
www.bizmandu.com

एनआरएनएद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड २५ लाख सहयोग, क्रिकेट टोलीलाई १० लाख

२०८० माघ ७

एनआरएनएद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड २५ लाख सहयोग, क्रिकेट टोलीलाई १० लाख
एनआरएनएद्वारा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड २५ लाख सहयोग, क्रिकेट टोलीलाई १० लाख

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME

एनआरएनएको मुख्यालय बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो।

संघले नेपाली भलिबल राष्ट्रिय टिमलाई पनि आठ लाख रुपैयाँ प्रदान गरेको छ। यस्तै, छैटौं एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि सात लाख ५० हजार र एनआरएनए इलाम गोल्ड कपका लागि पाँच लाख आर्थिक सहयोग गरेको संघका अध्यक्ष बद्री केसीले जानकारी दिए।

संघले धनगढीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एक करोड २५ लाख बराबरको अक्सिजन प्लान्ट स्थापना स्थापना गर्न सहयोग गरेको छ। साथै, वैदेशिक रोजगारीका क्रममा कंगोमा निधन भएका डोटी स्थायी घर भएका सुरेश सिल्लाको परिवारको २६ लाख ६१ हजार आर्थिक सहयोग गरेको सो अवसरमा जानकारी दिइएको थियो।