काठमाडौं। नगरकोटको तायो इको रिसोर्टले ५ करोड १० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङका अनुसार सन् २०२२/२३ मा रिसोर्टले ५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो।
२८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४२ कोठा छन्। रिसोर्ट एक वर्षअघि सञ्चालनमा आएको थियो। रिसोर्ट छिट्टै सोल्टी वेस्टन्ड रिसोर्ट नगरकोटको नाममा रिब्राण्डिङ हुँदैछ।
रिसोर्टले ९० करोड ३२ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। ८९ करोड ८२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि आइआरएन डबल बी माइनस र ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि आइआरएन एफोर रेटिङ पाएको छ।