BIZMANDU
www.bizmandu.com

नगद लाभांश दिने प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय वाणिज्य बैंकको १८औं एजीएम

२०८० पुष २९

नगद लाभांश दिने प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय वाणिज्य बैंकको १८औं एजीएम
नगद लाभांश दिने प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय वाणिज्य बैंकको १८औं एजीएम

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। आइतबार सम्पन्न बैंकको १८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हो।

Tata
GBIME
Nepal Life

बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा उनले बैंकले आफ्ना सेवा सुविधाहरुमा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवाहरुको माध्यमबाट ग्राहकहरु समक्ष आफ्ना सेवाहरु प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेको बताएका छन्।