BIZMANDU
www.bizmandu.com

नेप्सेको ४२ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ६४ करोड रुपैयाँ बाँडिने

२०८० पुष २९

नेप्सेको ४२ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ६४ करोड रुपैयाँ बाँडिने
नेप्सेको ४२ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ६४ करोड रुपैयाँ बाँडिने

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सेयरधनीलाई भुक्ता पुँजीको ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आइतबार भएको ४२ औं साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ६४ करोड रुपैयाँ लाभांश बाँड्ने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले गत आर्थिक वर्षको लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसुची पारित गरेको छ।

सभामा नेप्सेका वरिष्ठ अधिकृत जगदिश रिजाललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो।