BIZMANDU
www.bizmandu.com

आइएसएमटी कलेजको जब फेयर, २२५ विद्यार्थीले २१ कम्पनीमा जागिरका लागि दिए अन्तर्वार्ता

२०८० पुष २७

आइएसएमटी कलेजको जब फेयर, २२५ विद्यार्थीले २१ कम्पनीमा जागिरका लागि दिए अन्तर्वार्ता
आइएसएमटी कलेजको जब फेयर, २२५ विद्यार्थीले २१ कम्पनीमा जागिरका लागि दिए अन्तर्वार्ता

काठमाडौं। आइएसएमटी कलेजले आइएसएमटी जब फेयर आयोजना गरेको छ। आयोजित जब फेयरमा लेमन, लिपफ्रग टेक्नोलोजी नेपाल, काठमाडौं मेरियट होटल, चौधरी ग्रुप, टुलिप्स टेक्नोलोजिज, एलिस कम्पनी, एलिस कन्फ्रेन्स, एनक्लाउड, बज्र टेक्नोलोजिज, सौरभ ग्रुपका कम्पनीहरुको स्टल राखिएको थियो।

Tata
GBIME

यस्तै, सेलकम, सिप्रदी, डिसहोम, लेकबेसी होलिडेज, एफवानसफ्ट इन्टरनेसनल, फोनपे, आकाश टेक/इ-सिग्नेचर, फुडमाण्डू, कम्युनिकेट टेक्नोलोजिज, वर्ल्डलिंक, ट्रि प्रिमियर बुढानिलकण्ठ, नेपाल एसबीआई मर्चेन्ट बैंकिङसहितको पनि स्टल थियो।

जब फेयरमा अध्ययन सकाएका र अध्ययन गरिरहेका गरि २२५ विद्यार्थीहरु अन्तर्वार्तामा सहभागी भएका थिए। विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ संचालित कलेजले वर्षमा २ वटा जब फेयर आयोजन गर्ने गरेको जनाएको छ।

विद्यार्थीहरुलाई आफ्नो करियर सुरु गर्ने क्रममा कम्पनीपिच्छे धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजले बीबीए, बीएचएम, बीएससी. आइटी, बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्स, एमबीए र एमएससी कम्प्युटिङ कार्यक्रम सञ्चालन गरिरहेको छ।

यसका साथै आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि आफ्ना कलेजहरु संचालनमा गरिरहेको छ।