BIZMANDU
www.bizmandu.com

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० पदका लागि दरखास्त आह्वान, सह विभागीय प्रबन्धकसम्म माग

२०८० पुष २७

खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० पदका लागि दरखास्त आह्वान, सह विभागीय प्रबन्धकसम्म माग
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ६० पदका लागि दरखास्त आह्वान, सह विभागीय प्रबन्धकसम्म माग

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्रशासन र प्राविधिक तर्फ गरि ६० पदका लागि दरखास्त आह्वान गरिएको हो।

Tata
GBIME
Nepal Life

लिमिटेडले आज सूचना जारी गरि प्रशासन तर्फ ६ जना सह विभागीय प्रबन्धक (नवौं तह), ३ जना सहायक विभागीय प्रबन्धक (आठौं तह), एक जना वरिष्ठ अधिकृत , कानुन समूह तर्फ एक जना वरिष्ठ अधिकृत र १२ जना अधिकृतका लागि आवेदन माग गरिएको छ।

यस्तै, प्रशासन तर्फै वरिष्ठ सहायक पदमा ५ जना र सहायक पदमा २२ जनाको लागि आवेदन माग गरिएको छ।

प्राविधिक तर्फ भने अधिकृत (गुण नियन्त्रण) दुई जना, वरिष्ठ सहायक (गुण नियन्त्रण) दुई जना र वरिष्ठ सहायक (सब इन्जिनियर) दुई जनाको लागि दरखास्त माग गरिएको छ।

दरखास्त दिने अन्तिम मिति माघ १८ गतेसम्म रहेको छ। दोब्बर दस्तुर बुझाएर माघ २५ गतेसम्म दरखास्त दिन सकिनेछ।

यस्तै, खाद्य व्यवस्था विभागले जेष्ठता र कार्यसम्पादन मूल्यांकन, कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि पनि आवेदन माग गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना