BIZMANDU
www.bizmandu.com

उडिरहेको विमानको सिसा फुटेको प्रकरण : बोइङ ७३७ म्याक्स ९ का ‘बोल्ट’हरु कस्नुपर्ने देखियो

२०८० पुष २४

उडिरहेको विमानको सिसा फुटेको प्रकरण : बोइङ ७३७ म्याक्स ९ का ‘बोल्ट’हरु कस्नुपर्ने देखियो
उडिरहेको विमानको सिसा फुटेको प्रकरण : बोइङ ७३७ म्याक्स ९ का ‘बोल्ट’हरु कस्नुपर्ने देखियो

अमेरिकी कम्पनी युनाइटेड एयरलाइन्सले बोइङ ७३७ म्याक्स ९ विमानको ‘बोल्ट’ कस्नुपर्ने जनाएको छ। गत शुक्रवार उडिरहेको अवस्थामा अलस्का एयरलाइन्सको बोइङ विमानको झ्यालको सिसा फुटेको थियो। त्यसपछि अमेरिकी वायुसेवा नियामकले बोइङ विमान ग्राउन्डेड गर्न निर्देशन दिएको थियो।

Tata
GBIME
Nepal Life

युनाइटेड एयरलाइन्सले गरेको अनुसन्धानका क्रममा प्राविधिक टोलीले बोल्टहरु ‘लुज’ भएको फेला पारेको हो। त्यसैले बोइङ विमानको बोल्टहरु थप बलियो गरी कस्नुपर्ने निष्कर्ष टोलीको छ। शुक्रबारको घटनापछि अमेरिकामा संचालित बोइङ ७३७ म्याक्स ९ का १७१ वटा विमान ग्राउन्डेड छन्।

युनाइटेड एयरलाइन्सले बोइङको ‘डोर प्लग’मा समस्या देखिएको भन्दै बोल्टहरु थप कस्नुपर्ने जनाएको हो। अमेरिकामा संचालित बोइङ ७३७ म्याक्स ९ विमानको धेरै प्रयोग अलस्कासँगै युनाइटेड एयरलाइन्सले गर्ने गर्छ। युनाइडेट एयरलाइन्सले अनुसन्धान चलिरहेको भन्दै सोमबार २०० उडान रद्द गरेको थियो। मंगलबार पनि उडानहरु प्रभावित हुने भएको छ। अन्य एयरक्राफ्टको प्रयोग गरेर सेवालाई संचालन गर्ने प्रयास गरिरहेको युनाइटेडले जनाएको छ।

अलस्का एयरलाइन्सको सो घटनापछि भने टर्कीस् एयरलाइन्स, पानामा कोपा एयरलाइन्स र एरोमेक्सिकोले पनि सोही मोडलका विमान अनुसन्धानका लागि भन्दै ग्राउन्डेड गरेको छ।