BIZMANDU
www.bizmandu.com

उडिरहेको विमानको सिसा फुटेको प्रकरण : अमेरिकामा बोइङको १७१ वटा विमान ग्राउन्डेड

२०८० पुष २२

उडिरहेको विमानको सिसा फुटेको प्रकरण : अमेरिकामा बोइङको १७१ वटा विमान ग्राउन्डेड
उडिरहेको विमानको सिसा फुटेको प्रकरण : अमेरिकामा बोइङको १७१ वटा विमान ग्राउन्डेड


अमेरिकाको वायुसेवा नियामक फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए) ले बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्डेड गर्न निर्देशन दिएको छ।

Tata
GBIME

शुक्रबार ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको बोइङ विमानको झ्याल फुटेपछि आपतकालीन अवतरण गराइएको थियो। सोही घटनाको अनुसन्धानका लागि १७१ वटा बोइङ विमान ग्राउन्डेड गरिएको बीबीसीले उल्लेख गरेको छ।

सो घटनाबारे अमेरिकाको एफएएसँगै राष्ट्रिय यातायात सुरक्षा बोर्ड र अलास्का एयरलाइन्सले अनुसन्धान गरिरहेको छ।

विमानलाई सेवाबाट हटाइँदा अमेरिकामा उडानहरु प्रभावित हुने भएको छ। एफएएका अनुसार ग्राउन्डेड गरिएका प्रत्येक विमानको अनुसन्धान हुनेछ। एउटा विमानको अध्ययन गर्न ४ देखि ८ घण्टा लाग्नेछ।

६ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरिएको थियो। बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि स्थानीय समय अनुसार साँझ ५ः०७ बजे उडान भरेको थियो। करिब २० मिनेटपछि विमानले आपतकालीन अवतरण गरेको थियो।