BIZMANDU
www.bizmandu.com

पन्च इभी टिगोरभन्दा सस्तो हुने अनुमान, दुई वटा पावर ट्रेनमा ४६० किमिसम्म रेन्ज

२०८० पुष २०

पन्च इभी टिगोरभन्दा सस्तो हुने अनुमान, दुई वटा पावर ट्रेनमा ४६० किमिसम्म रेन्ज
पन्च इभी टिगोरभन्दा सस्तो हुने अनुमान, दुई वटा पावर ट्रेनमा ४६० किमिसम्म रेन्ज

काठमाडौं। भारतीय बजारमा टाटा मोटर्सको पन्च इभीको बुकिङ खुला भएको छ। कम्पनीले शुक्रबार उक्त गाडीको फिचर र पावर ट्रेन सार्वजनिक गर्दै बुकिङ खुलाएको हो।

Tata
GBIME
Nepal Life

नेक्सन इभीको मूल्य भारतमा १४ लाख ७४ हजार भारुदेखि सुरु छ भने यसको टप भेरियन्टको मूल्य २० लाख ४ हजार भारुसम्म छ। यसको मूल्य नेपाली बजारमा ३८ लाख ९९ हजारदेखि ४६ लाख ४९ हजार रुपैयाँसम्म छ।

तर टाटाले ल्याएको पन्च इभीको सुरुवाती मूल्य १० लाखदेखि १३ लाख भारुसम्म हुने अनुमान गरिएको छ। पावरट्रेनको हिसाबले पनि नेक्सनमा भन्दा यसमा ब्याट्री पावर धेरै कम छ।

यस्तै, टिगोर इभीको मूल्य भारतमा १२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। यसको मूल्य नेपाली बजारमा ३० लाख रुपैयाँबाट भेरियन्ट अनुसार ३४ लाख रुपैयाँसम्म छ। त्यसैले पन्च इभीको मूल्य टिगोर इभीको भन्दा सस्तो भएर आउने अनुमान गरिएको छ।

यसमा २५ किलोवाट आवर र ३५ किलोवाट आवर क्षमताका दुई वटा ब्याट्री विकल्प छन्। जसमा मिडियम रेन्ज र लङ रेन्ज भेरियन्ट छन्। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ३३० देखि ४६० किलोमिटरसम्म दुरी पार गर्न सक्ने रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले यसलाई प्योर इभी भर्सनमा तयार पारिरहेको छ। यसमा अगाडिको भेन्टिलेटेड सिट र १०.२५ इन्चको टचस्क्रिनको इन्फोटेन्मेन्ट सिस्टम छ। तर मिडियम रेन्जमा भने ७.० इन्चको टचस्क्रिन उपलब्ध हुनेछ। यसले टाटाको टु स्पोक स्टेरिङ ह्‍विल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इलेक्ट्रिक पार्किङ ब्रेक तथा सबै टायरमा डिस्क ब्रेक उपलब्ध छ।

यसलाई कम्पनीले अल्फा प्लाटफर्ममा मोडिफाइड गरेको छ। यसको पेट्रोल भर्सन ग्लोबल एनक्यापमा परीक्षण गर्दा सेफ्टीमा फाइभ स्टार रेटिङ पाएको गाडी हो। साथै भारत एन क्यापमा समेत फाइभ स्टार रेटिङ पाएको थियो।