BIZMANDU
www.bizmandu.com

सिप्रदीको ज्ञानचक्षुलाई सहयोग, ४ लाख ५८ हजार पर्ने १.११ किलोवाटको सौर्य सेट

२०६९ माघ ७

सिप्रदीको ज्ञानचक्षुलाई सहयोग, ४ लाख ५८ हजार पर्ने १.११ किलोवाटको सौर्य सेट
सिप्रदीको ज्ञानचक्षुलाई सहयोग, ४ लाख ५८ हजार पर्ने १.११ किलोवाटको सौर्य सेट


काठमाडौं ।  सिप्रदीले सामाजिक उत्तरदायित्व अन्तर्गत धरानमा रहेको ज्ञानचक्षु विद्यालयलाई सौर्य सेट प्रदान गरेको छ । दृष्टिविहिन तथा न्यून दृष्टि भएका बालबालिकाहरुलाई अध्यापन गराउने विद्यालयलाई यो सौर्य प्यानल वितरण गरिएको हो । सिप्रदीको सिप्रदियन सहायता संस्थाका अध्यक्ष कृष्णप्रसाद बर्तौलाले १ दशमलब ११ किलोवाट क्षमताको ४ लाख ५८ हजार मूल्य बराबरको सौर्य प्रणाली विद्यालयका प्रधानाध्यापिका केसरी थापालाई हस्तान्तरण गरे ।
लोडसेडिङले विद्यालयमा अध्यापनमा समस्या भोग्दै आएका थिए । सौर्य उर्जाबाट उनीहरुको पढाईमा समस्या नआउने कम्पनीले विश्वास लिएको छ । यो संस्थाले देशका विभिन्न विद्यालयहरुका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । हालसम्म यस संस्थाबाट पूर्णकालिन छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको संख्या १ सय १४ जना पुगेको छ ।
 

Tata
GBIME
Nepal Life