BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, भरतपुरमा २०० भन्दा बढी महिलाले गराए जाँच

२०८० पुष १५

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, भरतपुरमा २०० भन्दा बढी महिलाले गराए जाँच
ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर, भरतपुरमा २०० भन्दा बढी महिलाले गराए जाँच


काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

Tata
GBIME
NLIC

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशका विभिन्न जिल्लामा निःशुल्क महिला स्वास्थ्य शिविर गरेको छ।

चितवनको भरतपुर महानगरपालिका- ८, शरदपुरको गौरीगंज स्वास्थ्य चौकीमा आइतबार सञ्चालन गरिएको शिविरमा २०० भन्दा बढी महिलाले स्वास्थ्य जाँच गराएको बैंकले जनाएको छ।

शिविरमा पाठेघरको क्यान्सर परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार लगायत सेवा निःशुल्क रुपमा उपलब्ध गराइएको छ। उपचारका लागि आएकाहरुलाई औषधि पनि निःशुल्क वितरण गरिएको छ।

पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरका गम्भीर बिरामीलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरिने बैंकले जनाएको छ।

बैंकले पुस १७ गते १७ औं वर्ष पूरा गर्दैछ।