BIZMANDU
www.bizmandu.com

‘लाखे’ जित्दा दशरथ रंगशालामा देखिएको दृश्य

२०८० पुष १५

‘लाखे’ जित्दा दशरथ रंगशालामा देखिएको दृश्य
‘लाखे’ जित्दा दशरथ रंगशालामा देखिएको दृश्य

काठमाडौं । शनिबार भएको नेपाल सुपर लिगको दोस्रो संस्करणको विजेता ललितपुर सिटी एसफसी बन्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा धनगढी एफसीलाई ३-२ गोलअन्तरले हराउँदै ललितपुर च्याम्पियन बनेको हो।

Tata
GBIME

पहिलो सिजनदेखि नै ‘लाखे’को उपमा पाउँदै मैदानमा भिड्दै आएको ललितपुरको खेल यात्रा निकै रोमाञ्चित छ। पहिलो संस्करण र दोस्रो संस्करणमा ललितपुरको खेलको प्याटर्न अलि फरक छ। पहिलो संस्करण हारबाट सुरुवात गरेको ललितपुरले त्यसपछिका खेलमा बराबरी धेरै खेल्यो। लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्लेअफ पुगेको थियो।

यो संस्करणमा भने जितबाट सुरु गरेको ललितपुर लिग चरणमा सबैभन्दा धेरै बराबरी खेल्ने टोलीमध्ये एक थियो। तर लिग चरणको अन्तिम खेलमा भने काठमाडौं रेजर्ससँग पराजित भयो। यो संस्करणमा लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग १-० गोलले हारेको ललितपुरले प्लेअफबाट भने दमदार लय समात्यो। अघिल्लो खेलमा पराजय व्यहोरेको ललितपुरले इलिमिनेटरमा काठमाडौंलाई नै ३-० को दमदार जित निकालेर क्‍वालिफायर २ मा स्थान बनायो।

क्‍वालिफायर २ मा ललितपुरको प्रतिस्पर्धी थियो लिग चरणमा शीर्षमा रहेको पोखरा थण्डर्स। खेलको ३४ औं मिनेटमा कुनै स्कोर नभइ निखिल कदमले रेडकार्ड व्यहोर्दै बाहिरिए पनि ललितपुरले १० खेलाडीमै रहेर जित निकाल्न सफल भयो।

त्यो पनि पोखरालाई दबाबमै राखेर २-१ गोलको जित निकालेको थियो। यसअर्थमा भनियो : लाखे जाग्यो। अन्तत: सिजनको उपाधी नै जित्न लाखे टोली सफल भएको छ।