BIZMANDU
www.bizmandu.com

‘रेस्ट्रोएक्स’ गण्डकीकै उत्कृष्ट स्टार्टअप कम्पनी, पायो आइसीटी रिकग्निसन अवार्ड

२०८० पुष १३

‘रेस्ट्रोएक्स’ गण्डकीकै उत्कृष्ट स्टार्टअप कम्पनी, पायो आइसीटी रिकग्निसन अवार्ड
‘रेस्ट्रोएक्स’ गण्डकीकै उत्कृष्ट स्टार्टअप कम्पनी, पायो आइसीटी रिकग्निसन अवार्ड


पोखरा। रेस्टुरेन्ट सफ्टवेयर कम्पनी रेस्ट्रोएक्स प्रालिले काठमाडौंमा भएको आठौं आइसीटी अवार्डमा गण्डकी प्रदेशबाट उत्कृष्ट स्टार्टअप अवार्ड जितेको छ।

Tata
GBIME
NLIC

एक दर्जन बढी प्रि-इभेन्ट तथा ५ महिनादेखिको छनोट प्रक्रियापछि विभिन्‍न १४ विधामा अवार्ड वितरण गरिएको थियो। सो क्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई पनि अवार्ड प्रदान गरिएको थियो।

गण्डकीबाट रेस्ट्रोएक्ससहित कोशीबाट ट्रयाक अन नेपाल, मधेशबाट एड्सबी मिडिया, वाग्मतीबाट हर्टसन टेक्नोलोजी, लुम्बिनीबाट टुना टेक्नोलोजी, कर्णालीबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्‍चिमबाट निम इन्फोसिसले प्रोभिन्स स्टार्टअप आइसीटी रिकग्निसन अवार्ड पाएका छन्।

लिभिब विथ आइसीटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आइसीटी अवार्ड कार्यक्रम सूचना तथा सञ्‍चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड मानिन्छ।

रेस्ट्रोएक्सका सीईओ स्वदेश नेपालीले प्रदेशकै उत्कृष्ट स्टार्टअपको रुपमा अवार्ड पाएपछि आफूलाई हौसला मिलेको बताए।

‘आइटी क्षेत्रमै केही गरौँ भनेर लागिरहेका छौँ। यो सम्मानले अझै यसमै केही राम्रो गरौँ भन्‍ने हौसला दिएको छ,’ उनले भने।

रेस्ट्रोएक्स प्रालिको मुख्य कार्यालय पोखरा जिरो किलोमिटरमा छ। यो सफ्टवेयर रेस्टुरेन्ट, होटल तथा क्याफेलाई डिजिटल रुपमा व्यवस्थापन गर्न बनाइएको उनले जानकारी दिए। उनका अनुसार हाल उक्त सफ्टवेयर १५ सयभन्दा बढी रेस्टुरेन्टले प्रयोगमा ल्याएका छन्।