नेकपा (एमाले) ले मध्यपहाडमा दुई हप्ता लामो अभियान चलायो। अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु नै बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म पुगे। एमालेको दाबीलाई मान्ने हो भने पार्टीले मध्यपहाडको विकास, अर्थतन्त्रबारे गरेको यात्रा नै राजनीतिक दलले चलाएका अभियानमध्येको नयाँ हो। अभियानबाट प्राप्त सुझावलाई सके अहिलेकै सरकारबाट सम्बोधन गराउने, नभए आफ्नो पार्टीको सरकार बन्दा अघि बढाउने एमालेले जनाएको छ। मध्य पहाडमा बसाइसराईलाई विकराल समस्याका रूपमा देखिएको एमालेको निचोड छ। यात्राका विषयमा बिजमाण्डूका सुदर्शन सापकोटा र प्रकाश भण्डारीले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई सोधे- तपाइँहरु विकासको नयाँ रेखा कोरिएको पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रामा निस्कँदा राजनीतिक चेतनाबाहेक के कस्तो आर्थिक सामाजिक परिवर्तन वा पलाएको नयाँ सोच देख्नु भयो?
आर्थिक गतिविधि धेरै बढेको हामीले पायौं। राजमार्ग भरी नयाँ पर्यटकीय केन्द्रहरु बनेका छन्। आन्तरिक पर्यटन राम्रैसँग फस्टाएको देखिन्छ। उदाहरणका लागि- दैलेखको गुराँसे भन्ने ठाउँमा एउटा किसानले शुद्ध तरकारी उत्पादन गरेर होटलमा लगानी गरेको देखियो। यो ढंगले नयाँ नयाँ रुपमा आर्थिक क्रियाकलाप बढाएको पनि देखिन्छ। व्यावसायिक कृषि, पर्यटन, लघु जलविद्युतहरु तथा साना उद्योगहरु विकास भइरहेका छन्। तर, जुन अनुपातमा बेरोजगारी छ, जुन रुपमा श्रमशक्ति उत्पादन भइरहेको छ त्यसलाई खपत गर्ने गरिका आर्थिक गतिविधि भने छैनन्।
आर्थिक क्रियाकलाप त भएकै छ। तपाइँहरु घुम्नु भएको ठाउँबाट बसाइसराई एकदमै उच्च पनि छ। विकासका आधारभूत सर्तहरु सडक, खानेपानी, बिजुली, सञ्चार, स्वास्थ, शिक्षा पुग्दासमेत मान्छेहरु किन लाइन लागेर बसाई सरिरहेका रहेछन्?
विज्ञहरुका अनुसार बसाइसराईका मुख्यगरी ‘पुस’ र ‘पुल’ फ्याक्टर हुन्छन्। हिजो पनि बसाइसराई (माइग्रेसन) थियो। त्यतिबेला एक खालको बाध्यता थियो। त्यसबेला पुस फ्याक्टरले काम गरेको थियो। त्यहाँको बाध्यताले मान्छेहरु बसाई सरेका थिए। त्यतिबेला केटाकेटीलाई पढाउने स्कुल थिएनन्, बिरामी पर्दा उपचारका लागि अस्पताल र हिँडडुलका लागि बाटोघाटो केही पनि थिएनन्। त्यो बेला दुःखले बसाई सरेको देखियो। अहिले पुल फ्याक्टरले काम गरेको छ। खानेपानीकै कुरा गर्ने हो भने काठमाडौंमा बरु दु:ख छ, ट्यांकरको पानी प्रयोग गर्नुपर्छ महँगो पैसा तिरेर। काठमाडौंमा पनि दु:ख छ। सबै कुरा पुगेको त छैन। बरु गाउँमा एक घर एक धारा भन्ने छ।
पछिल्लो समय राजनीतिले सृजना गरेको निराशाले सामाजिक मनोविज्ञान कस्तो बनेको छ भने नेपालमा अवसर नै छैन। यहाँ केही पनि हुँदैन भन्ने भाष्य निर्माण भएको छ। ८० लाख रुपैयाँ खर्च गरेर अमेरिका (गैरकानुनी बाटोबाट) जान लागेको मान्छेलाई गरिबीले जान लागेको भनेर भन्न मिल्दैन। गलत सामाजिक मनोविज्ञान निर्माण गर्ने कोसिस भइरहेको छ, त्यसका पछाडि केही ‘भ्यालिड’ कारणहरु पनि छन्।
अस्थिरता छ, भ्रष्टाचार बढेको छ, राम्रो काम गर्न खोज्नेलाई प्रोत्साहन नभएको पनि छ। तर, अप्ठेरोका बीचमा पनि केही त सफलताका कथाहरु पनि छन्। डिजिटल दुनियाँको थुप्रै राम्रा कुराहरु छन्। यसका डिफेक्टहरु के रहेछन् भन्दा मान्छेलाई कम्पेयर गर्न सजिलो बनाइदिने। तुलनाले हीनताबोध जस्तो मैले केही पनि गर्न सकिँन कि के हो भन्ने जस्तो भइरहेको छ।
तपाईंले डिग्री गर्नुभएको छ २०/२५ हजारको जागिर खान बाध्य हुनुहुन्छ, तैपनि समयमा तलब आउँदैन। तपाईंसँगैको अर्कोले खल्तीमा कटुवा पेस्तोल हाल्यो अनि छातिमा ताकेर पाँच लाख/ दश लाख पाइन्छ भने किन दुःख गर्छ !
राजनीतिक दलहरुले जुन कुरालाई विकास भनेर बुझेका रहेछन् खासगरी भौतिक विकास त्यतिलाई मात्र जनताले नयाँ पुस्ताले विकास भनेर नमान्दो रहेछ। हामी कहीँ न कहीँ चुकिरहेका रहेछौं नि हैन त?
तपाईंले भनेको कुरा सत्य हो। हाम्रो विकासको बहसमै पनि ग्याप छ। अत्यधिक धेरै फोकस पूर्वाधार र त्यसमध्ये पनि सडकमै छ। पहाडमा जाने बजेटको ८० प्रतिशत बढी सडकमा जान्छ। त्यसको वातावरणीय लागत कति छ त्यो अर्कै पाटो भयो। एक हदसम्म त्यो बाध्यात्मक परिस्थिति पनि होला। बाटो नपुगी अरु के गर्ने? बाटो पुग्यो भने त्यो बाटोबाट गाडीमा के पठाउँछौं त भन्ने कुरामा समस्या देखियो। पहाडमा कस्तो देखिन्छ भने ल्याण्डको होल्डिङ सानो छ। ५/७ रोपनीमा ठूलो स्केलको व्यावसायिक खेती गर्न सक्नुहुन्न। सानो स्केलकोमा लागत नै बढी हुन्छ।
वडास्तरसम्म सरकार पुगेको भए पनि पारदर्शिता छैन। अवसरको मल्टिपल ढोकाहरु खोजिरहेका छन् मानिसहरुले। विकासको मानकमा सर्भिसको प्रम्प्ट डेलिभरी, पारदर्शिता, खासगरी अवसरका मल्टिपल ढोकाहरु पर्न थालेको देखिन्छ। यसतर्फ राजनीतिक दलको घोषणापत्र छैन। सरकारको नीति तथा कार्यक्रम छैन। अब विकासको वर्गीकरण गर्ने बेला भयो भन्ने सन्देश तपाइँहरुले घुमाइबाट कत्तिको पाउनु भयो?
केही हाम्रा अनुभवहरु थिए व्यवहारले ठोस रूपमा पुन:पुष्टि गर्यो। यसले के देखायो भने हाम्रा युवाहरुमा इन्टरप्रेनरसिप (उद्यमशीलता) को विकास भएन। वैदेशिक रोजगारीमा गएर पनि मानिस किन सफल भइरहेको छैन भन्दा हाम्रो शिक्षा र सीप जोडिएन। हाम्रो शिक्षा एकदमै कोरा छ। हाम्रो प्राविधिक शिक्षा पनि एकदमै फर्मल खालको भयो। हामीलाई १२ कक्षा पढेको मानिसले केही गर्छु भन्नेलाई केही ट्रेनिङ र काउन्सेलिङ गरेर यहाँ सम्भावना छ भन्नुपर्ने हो। अहिले उनीहरुसम्म सम्भावना छैन भन्ने म्यासेज मात्रै पुगिरहेको छ।
मान्छेमा केही समययता इजी मनी प्रति एकदमै लगाव बढ्यो। यो माओवादी द्वन्द्वको बाइप्रोडक्ट पनि हो। तपाईंले डिग्री गर्नुभएको छ २०/२५ हजारको जागिर खान बाध्य हुनुहुन्छ, तैपनि समयमा तलब आउँदैन। तपाईंसँगैको अर्कोले खल्तीमा कटुवा पेस्तोल हाल्यो अनि छातिमा ताकेर पाँच लाख/ दश लाख पाइन्छ भने किन दुःख गर्छ !
वैदेशिक रोजगारीमा गयो भने त्यसै पाइन्छ भन्ने भयो। घरजग्गा व्यवसाय गर्यो दुःख नै नगरी मकैको दाना यताको उता अनि उताको यता गरेजसरी पैसा कमाइन्छ भन्ने इजी मनीतिरको आकर्षणले पनि सामाजिक मनोविज्ञानलाई निर्माण गरेको छ। यसले व्यवस्थामाथि पनि प्रश्न उठाइरहेको म सुन्छु।
अहिलेको असन्तुष्टि नेताप्रति हो या डेलिभरी गर्ने प्रशासनले काम नगरिदिँदा व्यवस्थाले नै गाली खानुपरेको हो?
एकदम सही हो। ओभरअल भन्ने हो भने लोकतान्त्रिक प्रणालीप्रति नेपाली जनताको विश्वास दह्रो छ। अभियानका क्रममा एमाले पार्टीको आकर्षणको कुरा मात्र होइन। किनभने यसमा हामीलाई कांग्रेस/माओवादीका नेताहरुले पनि स्वागत गर्नुभयो। कति ठाउँमा हामी राति नौ बजे पुगेका छौं। चिसोमा ६/७ घण्टा हामीलाई पर्खिनुभएको छ। यो कुनै सेलेब्रिटी हेर्न त बसेको होइन नेता हेर्न नै बसेका हुन्। डेमोक्रेसीको जग बलियो छ। तर, जनताका गुनासा छैन भन्ने होइन। डेलिभरी भएन नै भन्ने जनताको गुनासो छ।
अहिलेको सिस्टम डिफल्ट हुने कुरामा ब्युरोक्रेसीको हात छ। पोलिसी मेकरले पोलिसी बनाइदिने हो। मन्त्रीको त के रोल हुन्छ र? पाँच लाखको टेन्डर पनि निकाल्न सक्दैनन्। यसमा त कर्मचारी नै हुन्छन्। हाम्रो डेलिभरी असाध्यै कमजोर छ। त्यसको सिकार राजनीतिक दललाई र राजनीतिक दल तथा नेता माथिको आक्रोश बढ्दै गएर प्रणालीमाथि नै आक्रोश बढ्दै गएको देखिन्छ।
निश्चित पोलिटिकल आइडोलोजीको रूपमा भन्दा पनि पपुलर एजेण्डा उठाएर या जनताका असन्तुष्टिलाई क्यास गरेर उदाएका दलहरु जसको पोलिटिकल सेप छैन। उहाँहरु परीक्षणका क्रममा हुनुहुन्छ। अहिले नै आरोप लगाउनुपर्ने कारण केही छैन।
जताततै गुनासो छन्। अनि निराशा बढ्नको कारण भनेको डेलिभरी नै हो हैन त्यसो भए?
म त त्यही देख्छु। नीति नियममा पनि समस्या होलान। तर यसलाई मिलाउन सकिन्छ। भएका चिजहरु राम्रो गरिदिए हुन्छ। जस्तै अहिले केही नयाँ कार्यक्रम नथपेर भइरहेका कार्यक्रमहरु गर्ने हो भने पनि हुन्छ। स्वास्थ्यको कुरा गर्दा चार/पाँच वटा स्टेपहरु छन्। प्रत्येक नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने। एक लाखसम्म निःशुल्क उपचार पाँच जनासम्मको परिवारले पाउँछ। सामान्य परिवारका लागि त यो एकदमै ठूलो कुरा हो नि।
निराशा बढेको छ। राजनीतिक रुपमा, सामाजिक रुपमा र आर्थिक रुपमा। त्यसको मूल कारण नीतिनियम नभएर होइन सर्भिसको डेलिभरी नभएर हो। त्यही भएर पनि नयाँ दलप्रति, व्यक्तिप्रति मान्छेहरु आकर्षित हुन थालेका छन्। वर्षौंदेखि तपाइँहरु संगठित भएको दलप्रति विश्वास कम हुँदै गएको छ भन्ने घुमाइबाट देखियो/देखिएन?
चुनावमा केही नयाँ दलहरु सशक्त रुपमा उदाए। बालेन र त्यसपछि रविजीहरु आउनुभयो। यसलाई हामी पपुलिष्ट शक्ति भन्छौं। जसले निश्चित पोलिटिकल आइडोलोजीको रूपमा भन्दा पनि पपुलर एजेण्डा उठाएर या जनताका असन्तुष्टिलाई क्यास गरेर उदाएका दलहरु जसको पोलिटिकल सेप छैन। उहाँहरु परीक्षणका क्रममा हुनुहुन्छ। अहिले नै आरोप लगाउनुपर्ने कारण केही छैन। अहिले सत्तामै राम्ररी पुगेका छैनन् त के दोष लगाउनु? पपुलिजमको समस्या भनेको त्योभन्दा अर्को चर्को आइदिन्छ।
अहिले पपुलिजमको ग्राफ स्थिर, केही केही ठाउँमा ओरालो लाग्दै गरेको देखिन्छ। एक वर्ष अगाडिको जस्तो क्रेज हाइहाइ जस्तो छैन। केही केही ठाउँमा डेलिभरी गर्ने ठाउँमा ठीकै पनि देखिन्छ। जस्तै बालेनको केही ठाउँमा पपुलारिटी बढेको पनि देखिन्छ, केही ठाउँमा आलोचना पनि बढिरहेको छ। यो पाँच वर्षसम्म यस्तै रहन्छ भन्ने मलाई लाग्दैन। किनभने मान्छेले खोज्ने भनेको डेलिभरी नै हो।
यदि मूलधारका पार्टीको विकल्प मान्छेले खोजेका हुन् भने डेलिभरी दिन सक्नु भएन भने त उहाँहरुको परिणाम पनि त त्यही हो। विकास भनेको चर्को कुरा गरेर मात्रै हुँदैन। प्रश्न उठाउने कुरा मात्रै होइन प्रश्नको जवाफ दिने ठाउँमा पनि उहाँहरु हुनुहुन्छ। त्यसका लागि कुनै आइडोलोजी चाहिएला। अर्थ राजनीतिको सर्टेन कोर्स चाहिएला। केही न केही सेप त चाहिएला नि।
नयाँ दल, नयाँ व्यक्तिसँग समस्याको गाँठो फुकाइहाल्ने मन्त्र छ भन्ने हामीलाई पनि लाग्दैन। तर तपाइँहरुले जसरी गणतन्त्र, लोकतान्त्रिक आन्दोलन, संघीयता, राजनीतिक विचारजस्ता कुरालाई उपलब्धि मानेर भाषण गर्नु हुन्छ। त्यो उपलब्धि हो, तर सधैं भजाइरहने कुरा पनि होइन होला, किनभने लोकतन्त्र ल्याएको १७ वर्ष भइसक्यो। त्यो दिन जन्मेको बालक आज १७ वर्षको भयो। पुराना दलसँग पुरानै एजेण्डा छन्। यो पुस्तालाई त्यतिसारो व्यवस्थाप्रति मतलब छैन नि?
हाम्रो महाधिवेशनको निष्कर्ष, हाम्रा घोषणापत्रको निष्कर्ष के हो भने हाम्रो मिसन बदलियो। हिजो लोकतन्त्र स्थापना गर्नु हाम्रो मिसन थियो, अब सुशान र समृद्धि हाम्रो मिसन भयो। त्यसैले हामीले समृद्ध नेपाल, सुखी नेपाली भन्यौं। त्यसका केही इन्डिकेटर छन्। कोरा राजनीतिक नाराले मात्रै अहिलेको पुस्तालाई छुदैन। उनीहरुलाई पर्खिने धैर्य पनि छैन। हतारियो भनेर हामीले आलोचना पनि गर्न मिल्दैन। संसार नै यति र्यापिड्ली अगाडि बढिरहेको छ कि त्यसमा टिक्नका लागि मान्छेलाई रिजल्ट चाहिन्छ।
तपाइँको सरकारले नयाँ संविधानपछि मात्रै पाँच वटा बजेट निर्माण गर्यो। त्यसअघि पनि बजेट बनेका थिए। तपाइँहरुले छाडेपछि पनि बनेकै छ। तर तपाइँहरुले यहाँ बसेर जसरी बजेट निर्माण गर्नु हुन्छ, जस्ता कार्यक्रमहरु राख्नुहुन्छ। त्यसले जनताको मागलाई सम्बोधन नगर्दो रहेछ भन्ने त देखिइहाल्यो। तपाइँहरुले अब हाम्रो नीति बनाउने, कार्यान्वयन गर्ने शैली फेर्नु पर्ने भएछ भन्ने महसुस गर्नुपर्ने देखियो कि देखिएन? एमालेलाई त पैसा बाँड्छ भन्ने आरोप पनि लाग्छ।
राज्य किन चाहिन्छ? दुई खालका नागरिक हुन्छन्, एउटा प्रतिस्पर्धा गर्न सक्छन्। उनीहरुका लागि अवसर भए मात्रै पुग्छ। अर्को खालका हुन्छन्, जसले प्रतिस्पर्धा गर्न सक्दैनन्, जसलाई सोसल प्रोटेक्सन चाहिन्छ। जे सिस्टम भन्नुस् हाम्रो राज्यले प्रतिस्पर्धा गर्न नसक्ने समुदायलाई प्रोटेक्सन गर्नुपर्छ। यसलाई कसैले पैसा बाँडेको भन्छ भने त राज्यको न्यूनतम दायित्व पनि नबुझेको सोच हो त्यो। आजको समयमा राज्य नागरिकप्रति रेस्पोन्सिबल हुनुपर्छ। तपाईंले यसकारणले कर तिर्नुहुन्छ कि मलाइ दुःख पर्दा राज्यले संरक्षण गर्छ। हामीलाई त गर्व नै छ एमाले सोसल सेक्युरिटी सिस्टमको पायोनियर हो। हामीले त्यो ट्रेन्ड सेट गर्यौं। अहिले १९ लाखभन्दा बढी श्रमिक त्यसमा जोडिएका छन्, त्यसमा खर्बौं रुपैयाँ जम्मा भएको छ।
बजेटका बारेमा नि? अब पनि नीति तथा कार्यक्रमहरु पुरानाकै निरन्तरता दिनुपर्छ भन्ने सुझावहरु लिएर आउनुभयो?
युवाहरुलाई फोकस गर्ने भनेको स्किल र काउन्सिलिङ हो। यहाँहरु रोजगारी छ भनेर फोकस गर्न जरुरी छ। विकासका सन्दर्भमा हामीले लिएको कोर्स सही छ। त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने लाग्छ। मध्यपहाड विकासका हिसाबले एकदमै सम्भावना भएको क्षेत्र हो। एकदम डाइभर्स खालको कृषि त्यहाँ गर्न सकिन्छ। तराईमा चाहेर पन धेरै गर्न सकिन्न। खाद्यान्न बालीको हकमा तराई भण्डार हो। फलफूल तरकारी पहाडमा मात्रै हुनसक्छ। पर्यटन र जलोस्रोतको पनि त्यतिकै सम्भावना छ।
कहाँ ३ प्रतिशत कहाँ ८ प्रतिशत! यो त एउटा सापटी जस्तो न भयो। तर, जुन ढंगको दोहनको स्थिति बन्यो त्यसले एकदमै फ्रस्टेसन भयो। आज यसका पछाडि जायज कारणहरु छन्। पछिल्लो समयको बेथिति।
तपाईंहरुको सबैभन्दा बढी चिन्ता बसाइसराईमा देखियो। अर्को नेपालमा व्यावसायिक कृषि गर्नैपर्छ भन्नुभयो। तर, यो त २००८ सालदेखिको बजेटमा छ!
ठोस सुझावहरु पनि हामीले दिएका छौं। हामीसँग ठाउँ-ठाउँका इन्फर्मेसनहरु छन्। कहाँ के गर्न सकिन्छ भनेर। हिजो कतिपय योजनाहरु सम्बन्धि ठाउँमा जादै नगइकन कागजमा मात्रै बनाइएकाले पनि समस्या भए। अहिले नेपालले आफैंले पनि धेरै हण्डर ठक्कर खाएको छ।
अहिले गाउँ मात्रै होइन सहर पनि रित्तिन थालिसक्यो। स्कुल-कलेजमा विद्यार्थी छैनन्। व्यवसायहरु नचलेर व्यवसायी पलायन भइरहेका छन्। पहाडको मात्रै होइन देशकै विकासबारे केही अवधारणा छैन तपाईंहरुसँग?
हामीले मध्यपहाडको मात्रै होइन समग्र देशको बारेमा एउटा परियोजना अघि सार्छौं। यसले देशको सबै परिस्थिलाई समेट्छ। अहिले विदेश जानेको संख्या घटेको तथ्यांक छ। देशमा राजनीतिक स्थितिरता छ छ भन्ने भयो भने र ५ प्रतिशत/ ३ प्रतिशतमा ऋण दिने भन्यौं त्यसले धेरै फरक पार्यो नि। कहाँ ३ प्रतिशत कहाँ ८ प्रतिशत! यो त एउटा सापटी जस्तो न भयो। तर, जुन ढंगको दोहनको स्थिति बन्यो त्यसले एकदमै फ्रस्टेसन भयो। आज यसका पछाडि जायज कारणहरु छन्। पछिल्लो समयको बेथिति। कर प्रशासनको अपारदर्शिता। करप्सन बढ्यो। कति ठूलो नीतिगत भ्रष्टाचार बढ्यो भने जनार्दनले बजेट ल्याउँदा सीसीटीभी चर्चित भयो। उहाँले बिलेटमाथि आधारित उद्योगकी ढाड सेकिदिनुभयो। अर्को खालकोका लागि प्रश्रय दिनुभयो। त्यतिबेला एकैचोटि २० वटा आइरन इन्डस्ट्री बन्द भए।