BIZMANDU
www.bizmandu.com

एकैपटक ३५ अर्ब रुपैयाँ बैंकहरुबाट तान्दै राष्ट्र बैंक, प्रणालीमा तरलता बढेको बढै

२०८० पुष ९

एकैपटक ३५ अर्ब रुपैयाँ बैंकहरुबाट तान्दै राष्ट्र बैंक, प्रणालीमा तरलता बढेको बढै
एकैपटक ३५ अर्ब रुपैयाँ बैंकहरुबाट तान्दै राष्ट्र बैंक, प्रणालीमा तरलता बढेको बढै

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु वर्षकै सबैभन्दा बढी पैसा मंगलबार बैंकहरुबाट तान्‍ने भएको छ। प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ निक्षेप तान्‍न लागेको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले गत शुक्रबार बैंकहरुबाट २५ अर्ब रुपैयाँ तानेको थियो। राष्ट्र बैंकले १४औं पटक निक्षेप संकलन बोलकोबलमार्फत पैसा तान्‍न लागेको हो। यसपाली पुन: १४ दिनका लागि पैसा तान्‍न लागेको हो।

बैंकिङ क्षेत्रसँग अधिक तरलता भएपछि निश्‍चित अवधिका लागि प्रशोचन गर्न राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल एक हो।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्छ। बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि छ। तर पछिल्लो समय उसले बोलबकोबलबाटै पैसा तानिरहेको छ।