BIZMANDU
www.bizmandu.com

मधेसमा चिकित्सा क्षेत्रका विभिन्न पदमा १६० जनालाई रोजगारीको अवसर, दरखास्त आह्‍वान

२०८० पुष ५

मधेसमा चिकित्सा क्षेत्रका विभिन्न पदमा १६० जनालाई रोजगारीको अवसर, दरखास्त आह्‍वान
मधेसमा चिकित्सा क्षेत्रका विभिन्न पदमा १६० जनालाई रोजगारीको अवसर, दरखास्त आह्‍वान


काठमाडौं। मधेसका अस्पतालहरुमा चिकित्सकसहितका विभिन्न विधाका स्वास्थ्य प्राविधिकको अभाव हटाउन प्रदेश सरकारले करारमा पदपूर्ति गर्ने भएको छ। यसको प्रक्रिया अघि बढाउँदै मधेसको स्वास्थ्य निर्देशनालयले बिहीबार विभिन्न पदमा १ सय ६० जनालाई नियुक्त गर्न दरखास्त खुलाएको छ।

Tata
GBIME
NLIC

अप्टोमेट्रिष्ट, नर्सिंङ अधिकृत, अस्पताल व्यवस्थापक, फार्मेसी अधिकृत, फिजिओथेरापिष्ट, मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक, डेन्टल अधिकृत, जनरल फिजिसियन, जनरल सर्जन, स्त्री/प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, एनेस्थेसियोलोजिष्ट, ओर्थोपेडिक सर्जन,  एमडीजीपी, डेन्टल सर्जन, यौन तथा छाला रोग विशेषज्ञ, प्याथोलोजिष्ट, रेडियोलोजिष्ट करारमा पदपूर्ति गरिने भएको हो।

यी जनशक्ति मधेश प्रदेशका प्रादेशिक अस्पतालहरु (मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, जनकपुरधाम बाहेक) का लागि हुने निर्देशनालयको सूचनामा छ।

अप्टोमेट्रिष्ट, नर्सिंङ अधिकृत, अस्पताल व्यवस्थापक, फार्मेसी अधिकृत, फिजिओथेरापिष्ट, मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक र डेन्टल अधिकृत पदका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने योग्यताको मापदण्ड छ। अन्य पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने सूचनामा छ।

सर्वाधिक २८ जनाको संख्यामा आठौं तहको मेडिकल अधिकृत मागेको छ भने अप्टोमेट्रिष्ट ६, नर्सिंङ अधिकृत ६, अस्पताल व्यवस्थापक ३, फार्मेसी अधिकृत ६, फिजिओथेरापिष्ट ६, आयुर्वेद चिकित्सक २ र डेन्टल अधिकृत १० जना मागेको छ।

यस्तै जनरल फिजिसियन १०, जनरल सर्जन १०, स्त्री/प्रसूति रोग विशेषज्ञ ९, बाल रोग विशेषज्ञ १२,  एनेस्थेसियोलोजिष्ट ८, ओर्थोपेडिक सर्जन १०, एमडीजीपी १०,  डेन्टल सर्जन ६, यौन तथा छाला रोग विशेषज्ञ  ६, प्याथोलोजिष्ट ६ र रेडियोलोजिष्ट ६ जना मागेको छ।

काम गर्न इच्छुक योग्यता पुगेकालाई आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र निर्देशनालयमा वा  निर्देशनालयको इमेल [email protected] मा निवेदन बुझाउन भनिएको छ। आवेदन फाराम निर्देशनालयको बेवसाइटबाट डाउनलोड गर्न सकिने प्रकाशित सूचनामा छ।     

आवेदकहरु सम्बन्धित परिषद्‍मा म्याद सहितको दर्ता भएको हुनुपर्ने छ। सबै पदका लागि आवेदन दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पुरा भई ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने पनि मापदण्ड छ।