BIZMANDU
www.bizmandu.com

खानेपानी संस्थानमा खुल्यो जागिर, प्लम्बरदेखि कार्यालय सहयोगीसम्म ६१ जनाको माग

२०८० पुष ४

खानेपानी संस्थानमा खुल्यो जागिर, प्लम्बरदेखि कार्यालय सहयोगीसम्म ६१ जनाको माग
खानेपानी संस्थानमा खुल्यो जागिर, प्लम्बरदेखि कार्यालय सहयोगीसम्म ६१ जनाको माग

काठमाडौं। नेपाल खानेपानी संस्थानले प्राविधिकसहितका विभिन्न पदमा ६१ जना कर्मचारी भर्ना गर्ने भएको छ। संस्थानले विभिन्न स्थानमा रहेका आफ्ना कार्यालयहरुका रिक्त पदमा करार सेवाका कर्मचारी भर्ना गर्न बिहीबार सूचना जारी गरेको हो।

Tata
GBIME

जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाइ, चालक, हेल्पर र कार्यालय सहयोगीसम्मका पदमा संस्थानले दरखास्त आह्‍वान गरेको छ।

संस्थानले आफ्ना भद्रपुर, विराटनगर, राजविराज, लहान, जनकपुर, गौशाला, मलंगवा, कलैया, वीरगंज, पोखरा, हेम्जा, बुटवल, भैरहवा, कृष्णनगर, धनगढी र महेन्द्रनगरका लागि करार सेवामा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्ने जारी सूचनामा उल्लेख छ।

सर्वाधिक २३ जनाको संख्यामा कार्यालय सहयोगी मागेको छ भने १६ जना हेल्पर मागेको छ। दुवै पदमा दरखास्त दिनेको परीक्षा मौखिक मात्रै हुँदैछ। कार्यालय सहयोगी साधारण लेखपढ गर्न जान्ने भए हुने तोकिएको छ।

जुनियर प्लम्बर ९, असिस्टेन्ट पम्प अपरेटर ४, प्लान्ट एटेन्डेन्ट १, ल्याब ब्वाइ ३ र हलुका सवारीचालक ५ जना मागेको छ। जुनियर प्लम्बरदेखि असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाइ र हेल्परमा तालिमप्राप्त र अनुभवी मागेको छ भने सवारीचालक नेपाली लेखपढ गर्न जान्ने, सवारी चलाउन लाइसेन्सप्राप्त हुनुपर्ने मापदण्ड छ। जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका परीक्षा मौखिक मात्रै लिने तोकिएको छ। चालकले भने अन्तर्वार्तासँगै प्रयोगात्मक परीक्षा दिनु पर्नेछ।

जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइको योग्यता ८ कक्षा उत्तीर्ण गरि मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको तालिम लिएको वा साधारण लेखपढ जान्ने भइ सम्बन्धित काममा ३ वर्षको अनुभवी मागेको छ।

हेल्परका हकमा ५ कक्षा उत्तीर्ण गरि कम्तिमा एक महिनाको तालिमप्राप्त वा साधारण लेखपढ जान्ने भइ सम्बन्धित काममा २ वर्षको अनुभवी मागेको छ। दरखास्त दिन ३० दिनको समयावधि तोकिएको छ। दरखास्त फाराम संस्थानको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।