काठमाडौं । नेपाली बजारमा ‘गुड इयर’ ब्रान्डको लुब्रिकेन्ट भित्रिएको छ। विभिन्न ब्रान्डको कारोबारमा संलग्न डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुड इयर लुब्रिकेन्ट नेपाली बजारमा भित्र्याएको हो।
भारतमा उत्पादित गुड इयर लुब्रिकेन्ट नेपालमा बिक्री गर्न सुरु गरिएको छ। दुई र चार पांग्रे सवारीसाधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा औद्योगिक क्षेत्रमा प्रयोग हुने सबै किसिमका ल्युब तथा ग्रिज उपलब्ध रहेको कम्पनीले जनाएको छ।
गुड इयर अमेरिकाको प्रतिष्ठित र पुरानो अटोमोटिभ कम्पनी हो जसको विश्वका २१ देशमा ४६ वटा उत्पादन युनिट छ।
गुड इयरले सन् २०२० मा भारतमा लुब्रिकेन्ट प्लान्ट स्थापना गरि एसियाका १६ देशमा बिक्री वितरण गर्दै आएको छ। टायर, ट्युव तथा पार्ट्स बिक्री वितरण गर्दै आएको डेल्टा डिस्ट्रिब्युटर्सले पहिलो पटक लुब्रिकेन्ट भित्र्याएको हो।