BIZMANDU
www.bizmandu.com

मन्दाकिनी हाइड्रोपावरको लाभांश ५ प्रतिशत, बोनस सेयर ४.७५ प्रतिशत, साधारण सभा पुस २९ गते

२०८० पुष १

मन्दाकिनी हाइड्रोपावरको लाभांश ५ प्रतिशत, बोनस सेयर ४.७५ प्रतिशत, साधारण सभा पुस २९ गते
मन्दाकिनी हाइड्रोपावरको लाभांश ५ प्रतिशत, बोनस सेयर ४.७५ प्रतिशत, साधारण सभा पुस २९ गते

काठमाडौं। लाभांश वितरणको प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले वार्षिक साधारण सभा आह्‍वान गरेको छ। मंसिर २९ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते १० औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

सभामा गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि प्रस्तुत गरिने कम्पनीले जनाएको छ। लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद छ।

कम्पनीले पुस २० गते बुक क्लोज मिति तोकेको छ। बुक क्लोजभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले लाभांश पाउनेछन्।