BIZMANDU
www.bizmandu.com

राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले माग्यो प्रदेश समितिसँग नाम, सिफारिस गर्न एक साताको समय

२०८० मंसिर २९

राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले माग्यो प्रदेश समितिसँग नाम, सिफारिस गर्न एक साताको समय
राष्ट्रिय सभा सदस्यका लागि कांग्रेसले माग्यो प्रदेश समितिसँग नाम, सिफारिस गर्न एक साताको समय

काठमाडौं। यसअघि चुनाव हारेका र उमेरले ७० नाघेका नेताहरुले राष्ट्रिय सभा सदस्य हुन दौडधुप गरिरहेका बेला नेपाली कांग्रेसले प्रदेश समितिसँग नाम मागेको छ।

Tata
GBIME
Nepal Life

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवारको नाम प्रदेश समितिसँग माग्ने निर्णय गरेको हो। नाम सिफारिस गर्न प्रदेश समितिलाई एक साताको समय दिइएको छ।

प्रत्येक प्रदेशबाट ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिने निर्णय भएको प्रचार विभाग प्रमुख मीन विश्‍वकर्माले जानकारी दिए ।

प्रदेश समितिले पठाउने नाममाथि पुस १२ गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ। राष्ट्रिय सभा सदस्य बन्न प्रतिनिधि सभाको चुनाव हारेका कृष्ण सिटौला, गोपालमान श्रेष्ठ लगायत नेताले दौडधुप सुरु गरिसकेका छन्।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिंदैछ। राष्ट्रपतिले मनोनित गर्ने एक बाहेक १९ सदस्यका लागि माघ ११ गते चुनाव गर्ने तालिका छ।