BIZMANDU
www.bizmandu.com

४ करोड लगानीमा भक्तपुरमा दक्षिण एसियाकै लामो जीपलाइन, शुल्क प्रतिव्यक्ति ४,५०० रुपैयाँ

२०८० मंसिर २९

४ करोड लगानीमा भक्तपुरमा दक्षिण एसियाकै लामो जीपलाइन, शुल्क प्रतिव्यक्ति ४,५०० रुपैयाँ
४ करोड लगानीमा भक्तपुरमा दक्षिण एसियाकै लामो जीपलाइन, शुल्क प्रतिव्यक्ति ४,५०० रुपैयाँ

काठमाडौं। भक्तपुरको चाँगुनारायणमा दक्षिण एसियाकै लामो दूरीको दाबी गरिएको जीपलाइन संचालनमा आएको छ। संचालनमा आएको ४ वर्षमा धुलिखेल जीपलाइनले आफ्नो व्यावसायिक योजना अनुसार भक्तपुरको चाँगुनारायणमा सेवा विस्तार गरेको हो।

Tata
GBIME
Nepal Life

१ हजार ९५० मिटर दूरीको जीपलाइनमा ४ करोड रुपैयाँ लगानी भएको संचालक केदार थापाले बताए। जीपलाइनको शुक्रबार पर्यटनमन्त्री सुदन किरातीले उद्‍घाटन गरे।

आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै सेवा विस्तार गरेको संचालक थापाले बताए। ‘हामीले चार वर्षअघि धुलिखेलमा यो सेवा सुरु गरेका थियौं। पर्यटकको मागलाई मध्यनजर गर्दै भक्तपुरमा सेवा विस्तार गरेका हौं,’ संचालक थापाले भने, ‘स्वदेशी र विदेशी पर्यटकलक्षित होटल सहितको सेवा सुरु गरेका छौं।’

उनका अनुसार भक्तपुरको जीपलाइनमा प्रतिव्यक्ति शुल्क ४ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।

यस अन्तर्गत पर्यटकले खेलसँगै फोटो र भिडियो पाउनेछन्। अहिले १४ वटा हार्नेस क्षमतामार्फत सुपरम्यान, क्लासिक जीपलाइन सेवा सुरु गरेको कम्पनीले निकट भविष्यमा टेण्डम जीपलाइन सेवा पनि ल्याउने थापाले बताए। उनका अनुसार १२० किलो वजन भएका पर्यटकले क्लासिक र सुपरम्यान जीपलाइन गर्नसक्ने छन्।