काठमाडौं। चिनियाँ गाडी निर्माता चांगन अटोले ब्याट्री उत्पादक कम्पनी क्याटल र टेलिकम इक्विपमेन्ट उत्पादक कम्पनी हुवावेसँग निर्माण गरेको बहुप्रतिक्षित गाडी डिपल एस सेभेन नेपाल आउने भएको छ।
यो सन् २०२२मा सार्वजनिक भएको चांगनको नयाँ विद्युतीय गाडी हो। कम्पनीले गत वर्षको सेप्टेम्बरबाट डेलिभरी दिन सुरु गरेको यो गाडी टेस्लाको मोडल वाईसँग केही फिचरहरु मिल्दोजुल्दो छ।
यो गाडी प्युर इभी र रेन्ज रेक्सटेन्डर विकल्पमा उपलब्ध हुनेछन्। यो मिडसाइज एसयुभी हो। कम्पनीले गत अक्टोबरसम्म १ लाख २ हजार युनिट गाडी बिक्री गरिसकेको छ। यस्तै यो नोभेम्बरमा मात्रै १६ हजार १५७ युनिट बिक्री गरेको थियो।
कम्पनीले सन् २०२४ मा ४ लाख ५० युनिट गाडी बिक्री गर्ने योजना बनाएको छ। त्यही योजना अनुसार कम्पनीले थाइल्याण्डमा समेत गाडी लन्च गरिसकेको छ। चांगनले थाइल्यान्डमा १० अर्ब थाई भाटमा प्लान्ट पनि स्थापना गरिसकेको छ। यो प्लान्ट सन् २०२५ मा संचालनमा आउनेछ। प्लान्टबाट वार्षिक २ लाख युनिट इभी उत्पादन गर्ने लक्ष्य राखिएको छ।
चांगनले यो गाडीको डिजाइन इटालीको टुरिनमा बनाएको छ। यसको डिजाइन अमेरिकन अटो मेकर जनरल मोटरमा काम गरिसकेका बेर्ट्रान्ड ब्याकले गरेका छन्। उनी अहिले चांगनको ग्लोबल डिजाइन निर्देशकको रुपमा काम गरिरहेका छन्। यसको डिजाइन सेन्टर भने जर्मनीमा छ।
कम्पनीले डिपलसँगै ठूलो योजना बनाएको छ। जसमा कम्पनीले सन् २०२५ सम्म १ हजारभन्दा धेरै सर्भिस सेन्टर निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले यसरी वार्षिक १५ लाख गाडी बिक्री गर्ने लक्ष्य राखेको छ।
हुवावेसँगै यो कम्पनीले सुरुमा निओसँग सहकार्यको सम्झौता गरेको थियो। तर केही कारणले निओ पछि हटेपछि सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलले यसमा लगानी गरेको हो। अहिले यही तीनवटा कम्पनीहरुले डिपललाई ब्याकअप गरिरहेका छन्। डिपल ब्रान्ड नयाँ भएपनि यसको माउ कम्पनीहरु भने इभी र प्रविधिका खेलाडीहरु छन्।
यसलाई नेपालमा मोरङ अटो वर्क्स(एमएडब्लु) ग्रुपले ल्याउन लागेको हो। मोरङ अटोले यो गाडी जनवरीमा नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा छ। यसको मूल्य नेपाली बजारमा ८० लाखको हाराहारीमा हुने अनुमान गरिएको छ। जसमा कम्पनीले आधिकारिक रुपमा प्रतिस्पर्धा गर्न लागेको टेस्ला वाई सिंगल मोटरको मूल्य नेपाली बजारमा १ करोड ८९ लाख रुपैयाँ छ। यस्तै प्रतिस्पर्धाको रुपमा हेरिएका किया इभी ६ र हुन्डाई आयोनिक ५ को मूल्य भन्दा पनि धेरै कम हुनेछ।
आयोनिक ५ को मूल्य नेपाली बजारमा १ करोड ३ लाख रुपैयाँ छ भने किया इभी ६ को मूल्य १ करोड २५ लाख ९० हजार रुपैयाँ छ।
डिपल एस सेभेन र टेस्लाको मोडल वाईमा लगभग उस्तै फिचर रहेका छन्। एस सेभेन ४.७५ मिटर लामो छ। यस्तै टेस्लाको वाई सेभेन पनि उस्तै ४.७५ मिटर नै लामो छ। यसमा टेस्ला मोडल वाई सेडान जस्तो देखिन्छ भने डिपल एस सेभेन एसयुभी जस्तो बल्की देखिन्छ।
यसैगरी ह्वीलबेस पनि उस्तै छ। यो दुई इभीमा भएको ह्वीलबेस ९ एमएमको मात्र फरक छ। जसमा डिपल एस सेभेनमा २९०० एमएम छ भने टेस्ला वाई मा ९ एमएम कम २८९१ एमएमको ह्वीलबेस छ।
रेन्ज टेष्ट गर्ने वर्ल्डवाइड हार्मोनाइज्ड लाइट भेहिकल टेष्ट प्रोसिड्युअर(डब्लुएलटीपी)का अनुसार डिपल एस सेभेनले एक पटकको फुल चार्जमा ४३० किलोमिटर रेन्ज दिन्छ भने टेस्ला वाईले ४५५ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ। जसमा डब्लुएलटीपीको रिपोर्ट अनुसार टेस्ला वाईले डिपल एस सेभेनले भन्दा २० किलोमिटर बढी रेन्ज दिन्छ। यो टेस्ला वाईको स्ट्यान्डर्ड सिंगल मोटर भेरियन्टमा हो। टेस्ला वाइ लङरेन्जमा पनि उपलब्ध छ। यसमा भएको ७५ किलोवाट आवरको ब्याट्रीले एक पटकको फुल चार्जमा ५२५ किलोमिट रेन्ज दिन्छ। तर यो डुअल मोटरमा उपलब्ध छ।
यस्तै ब्याट्री क्षमताको कुरा गर्दा डिपल एस सेभेनमा ६६.८ किलोवाट आवर(युनिट) क्षमताको छ। यस्तै टेस्लाको वाईको स्ट्यान्डर्डमा ५८ किलोवाट आवर(युनिट) क्षमताको छ। डिपल एस सेभेनमा ८.८ किलोवाट क्षमता धेरै भएको ब्याट्री प्याक छ।
अन्तर्राष्ट्रिय बजारमा एस सेभेनको मोटर पावर १६० किलोवाट र १९० किलोवाटको छ। नेपाली बजारमा पनि कम्पनीले यही दुई भेरियन्ट ल्याउने तयारी गरिरहेको छ।
यस्ता छन् कमन फिचर
टेस्ला वाई र चांगन एस सेभेनमा धेरै फिचरहरु समान रहेका छन्। जस्तै फ्रेमलेस डिजाइन, रियर ह्वील ड्राइभ, अल लेदर इन्टेरियर, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ ह्वील, ६ वेमा एडजष्ट गर्न सकिने ड्राइभर सिट र ४ वेमा एडजष्ट गर्न सकिने प्यासेन्जर सिट पनि उस्तै छन्। तर टेस्ला वाईमा ६ वे एडजष्टेबल प्यासेन्जर सिट छ।
यसैगरी अटो डिमिङ रियरभ्युअर मिरर, हिट एण्ड भेन्टिलेटेड सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, स्टप एण्ड ग्यो एडप्टिभ क्रुज कन्ट्रोल फिचर जुन एडप्टिभ क्रुज कन्ट्रोल भन्दा फरक हुन्छ। साथै हाइ लेभलको एडास फिचर जस्तै फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, लेन किप असिस्ट, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डेटेक्सन जस्ता फिचरहरु सबै उस्तै छन्।
कम्पनीका अनुसार रियर कोलिजन वार्निङ, रियर क्रस ट्राफिक ब्रेकिङ, ड्राइभर लेजी भएको बेला ड्राइभर फटिग मोनिटरिङ सिस्टम, फ्रन्ट अटो हाइ बिम, सेफ डिस्ट्यान्स वार्निङ, सेल्फ पार्किङ, ब्लुटुथ/वायरलेस कनेक्टिभिटी, डुअल स्टेज एयरब्याग, हिल होल्ड र हिल असिस्ट, हाइट एडजष्टएबल सिटबेल्ट, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, ड्यास क्याम्प, प्रोग्रामेबल लाइट फिचरहरु दुबैमा समान रहेका छन्।
दुबैमा वेलकम सिटको व्यवस्था छ जसले सिटलाई ड्राइभर अनुकुल एडजष्ट गर्छ। यस्तै दुबैमा १२५ लिटर सामान अटाउने फ्रन्ट बुट स्पेस पनि छ।
के-के छन् त फरक फिचरहरु?
यो दुई वटा इभीमा केही फरक फिचरहरु पनि रहेका छन्। चांगन एस सेभेनमा निकेल म्याग्नेजिज कोबाल्ट (एनएमसी) लिथियम-आयोन र टेस्ला वाईमा (एलएफपी) लिथियम आइरन फोस्फेट लिथियम-आयोन ब्याट्री प्रयोग गरिएको छ। जसमा एनएमसी ब्याट्री निकेल म्याग्नेजिज कोबाल्ट रसायनमा आधारित भएर निर्माण गरिएको हुन्छ। यस्तै एलएफपी लिथियम-आयोन ब्याट्री भने आइरनमा आधारित रसायनबाट निर्माण गरिएको हुन्छ। यसले केही रेन्जहरु र ब्याट्रीको लाइफ साइकल निर्धारण गर्ने कुरा म्याटर गर्छ।
यस्तै रियर सोलिड डिस्क ब्रेकिङ सिस्टम डिपल एस सेभेनमा छ। यो फिचर टेस्ला वाई मोडलमा भने उपलब्ध छैन। साथै चांगन एस सेभेनमा ४ ड्राइभिङ मोडहरु छन्। जस एउटा मोड भनेको कष्टोमाइज गर्न सकिने मोड हो। तर टेस्ला वाईमा ३ वटा मात्र ड्राइभिङ मोडहरु उपलब्ध छ।
डिपल एस सेभेनमा ४० वाटको वायरलेस मोबाइल चार्जिङ स्पट छ भने टेस्ला वाईमा १५ वाटको वायरलेस चार्जर छ।
यसैगरी एस सेभेनमा ट्राफिक जाम असिस्ट पनि छ। रियर क्रस ट्राफिक ब्रेकिङ सिस्टम यसमा छ। यस्तै एस सेभेनमा सन फ्लाओर १५.६ इन्चको सेन्ट्रल स्क्रिन छ। प्यासेन्जर वा ड्राइभर जसले हेरेपनि कसैले हेरेको आधारमा स्क्रिन अटोमेटीकली टिल्ट हुन्छ।
साथै ह्यान्ड गेस्चर रिकग्नाइजेसन सुविधा पनि यसमा छ। अगमेन्टेड रियालिटी हेड-अफ- डिस्प्ले उपलब्ध छ। जसले गाडीको अगाडि सिसामा सबै कुराहरु थ्रीडीमा देखाउँछ। क्लस्टरहरुमा हेरिराख्नु पर्दैन। यी फिचरहरु टेस्ला वाईमा देख्न पाइन्न।
टेस्लामा सिंगल प्याडल मोड, स्टेरिङ ह्वील मेमोरी, फ्रन्ट प्यासेन्जर सिट ६ वेमा एडजष्टमेन्ट, रियर सिट हिटिङ फंसन, फ्रन्ट सेन्ट्रल एयरब्याग र अटो पाइलटको सुविधा पनि छ। तर अटो पाइलट नेपालमा प्रयोग हुँदैन। यो चलाउन सरकारसँग एप्रुभल पनि लिनुपर्छ।