काठमाडौं । महिन्द्राको एक्सयुभी ३०० को फेसलिफ्ट मोडलको बिक्री सन् २०२४ को फेब्रुअरीबाट सुरु हुने भएको छ। कम्पनीले अपडेटेड एक्सयुभी ४०० इभी जनवरीमा सार्वजनिक गरेपछि एक्सयुभी ३०० फेसलिफ्टको बिक्री सुरु गर्ने तयारी गरेको हो।
साथै, एक्सयुभीको ३०० को पनि इभी भर्सन २०२४ को जुन महिनामा लन्च हुने कम्पनीले जनाएको छ। नयाँ फेसलिफ्ट मोडलको अगाडि र पछाडिको लुक्स पहिलाका गाडीको भन्दा फरक बनाइएको छ। यसमा बम्पर र हेडल्याम्पलाई ‘रिभाइज्ड’ गरिएको छ भने टु पार्टमा ग्रिल हालिएको छ। जसको सेन्टरमा एयर इन्टेक पनि राखिएको छ।
यो मोडलको गाडीमा टेलगेटको रिडिजाइन गरिएको छ। जसमा एलईडी लाइटबार राखिएको छ। साथै पहिलेको मोडलमा भन्दा यसमा भएको टेलगेट ‘स्मुथ’ बनाइएको छ। यसमा सि-शेपको टेलल्याम्प पनि राखिएको छ।
नयाँ सेटअपमा एलोय ह्वील डिजाइन गरिएको छ। यससँगै गाडी अन्य धेरै ‘मेजर’ परिवर्तन नभएको कम्पनीले जनाएको छ।
यसमा १.२ लिटर टर्बो-पेट्रोल (टीजीडीआई) इन्जिन छ। यसले १३१ हर्सपावर प्रदान गर्न सक्छ। यसमा ६ स्पिडको अटोमेटिक गियरबक्स उपलब्ध छ। जुन स्कोडा कुशाक, फक्सवागन टाइगुन, स्कोडा स्यालभिया र फक्सवागन भर्चुअसमा भएकै इन्जिन हो।
कम्पनीका अनुसार यो मोडलले अपडेटेड किया सोनेट र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ।