BIZMANDU
www.bizmandu.com

नक्कली कागजपत्र बनाएर विदेश पठाउने धन्दामा एनएसीका कर्मचारी संलग्न, समातिए अधिकृत पोखरेल

२०८० मंसिर २६

नक्कली कागजपत्र बनाएर विदेश पठाउने धन्दामा एनएसीका कर्मचारी संलग्न, समातिए अधिकृत पोखरेल
नक्कली कागजपत्र बनाएर विदेश पठाउने धन्दामा एनएसीका कर्मचारी संलग्न, समातिए अधिकृत पोखरेल

काठमाडौ। नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल एयरलाइन्सका एक अधिकृतलाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले एयरलाइन्सका अधिकृत होमनाथ पोखरेललाई नियन्त्रणमा लिएको हो।

‘हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं। नक्कली कागजपत्र पठाएर विदेश पठाउन उहाँको भूमिका देखियो,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने।

प्रहरीले यस विषयमा केही समयदेखि अनुसन्धान गरिरहेको छ। यसमा डेढ दर्जनभन्दा बढी पक्राउ परिसकेका छन्। आधा दर्जन ट्राभल एजेन्सीका सञ्चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।