काठमाडौं। रोयल इनफिल्ड नेपालले हन्टर ब्रेकफाष्ट राइड कार्यक्रम गरेको छ। रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिरकारिक बिक्रेता त्रिवेणी ग्रुपअन्तर्गतको अल्फा अटोमोटिभले आन्तरिक टुरिजम प्रवर्धन गर्ने उद्देश्यले शनिबार हन्टर ब्रेकफाष्ट राइड आयोजना गरेको थियो।
कम्पनीका अनुसार उक्त राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए। कार्यक्रमको मुख्य उद्देश्य रोड सुरक्षा सचेतना बढाउनु, प्रोमोटिङ सेस्टेमेटिक राइड र आन्तरिक पर्यटन प्रवर्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
मंसिर २३ गते बिहान साढे ७ बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको राइड दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, कंलकी हुँदै कालुपाण्डे डाँडासम्मको थियो।