BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई र जेटीयूसीसीले श्रम सम्बन्ध विकासमा सहकार्य गर्ने, समझदारीपत्रमा हस्ताक्षर

२०८० मंसिर २५

एफएनसीसीआई र जेटीयूसीसीले श्रम सम्बन्ध विकासमा सहकार्य गर्ने, समझदारीपत्रमा हस्ताक्षर
एफएनसीसीआई र जेटीयूसीसीले श्रम सम्बन्ध विकासमा सहकार्य गर्ने, समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियन महासंघहरुको प्रतिनिधित्व गर्ने संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच सम्बन्ध सुमधुर बनाउने र सहकार्य गर्ने समझदारी भएको छ।

Tata
GBIME
NLIC

समझदारीपत्रमा हस्ताक्षर महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष ज्योत्सना श्रेष्ठ तथा केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठ र महासचिव चिरागमान कुँवरले हस्ताक्षर गरेका छन्।

रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्ध विकास गर्ने, आपसी सहयोग, उत्पादकत्व वृद्धि, श्रमको सुधार एवं समग्र आर्थिक विकासमा सहकार्य गर्ने कुरा समझदारीपत्रमा उल्लेख छ ।

महासंघका अध्यक्ष ढकालले रोजगारदाता र ट्रेड युनियनबीचको सम्बन्ध सुधारमा सम्झौताले सहयोग पुग्ने विश्‍वास व्यक्त गरे।