BIZMANDU
www.bizmandu.com

दुबईमा मासिक ५० हजार तलब भन्दै २ लाख रुपैयाँ ठगी गर्ने युवक समातिए

२०८० मंसिर २५

दुबईमा मासिक ५० हजार तलब भन्दै २ लाख  रुपैयाँ ठगी गर्ने युवक समातिए
दुबईमा मासिक ५० हजार तलब भन्दै २ लाख रुपैयाँ ठगी गर्ने युवक समातिए


काठमाडौं। दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले धनकुटा चौबिसे घर भएका ३४ वर्षीय लक्ष्मण श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। उनले विवेक पाटकलाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै १ लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए।

दुबईमा मासिक ५० हजार रुपैयाँ कमाई हुन्छ त्यसको लागि २ लाख ४० हजार रुपैयाँ बुझाउनु पर्छ भनेका थिए। १ लाख ९५ हजार रुपैयाँ बुझाएपछि  श्रेष्ठ सम्पर्कविहीन भए। प्रहरीमा उजुरी गरेपछि आइतबार प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट समातेको हो।

थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरीले जानकारी दिएको छ।