BIZMANDU
www.bizmandu.com

१० कित्ते नीति परिमार्जन गर्न सेबोनको समिति, सर्वसाधारणमा जारी हुने सेयरको पनि अध्ययन हुने

२०८० मंसिर २५

१० कित्ते नीति परिमार्जन गर्न सेबोनको समिति, सर्वसाधारणमा जारी हुने सेयरको पनि अध्ययन हुने
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share


काठमाडौं। नेपाल धितोपत्र बोर्डले १० कित्ते नीति पुनरावलोकन लागि समिति गठन गरेको छ। बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) उपाध्यक्ष प्रविणकुमार झा को संयोजकत्वमा समिति बनाएको हो।

Tata
GBIME
NLIC

समितिमा बोर्ड सदस्यमा भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरि रहेका छन्। प्रतिवेदन तयार पार्ने समयावधि तोकिएको छैन।

‘समितिले कहिले सम्म प्रतिवेदन बुझाउनु पर्छ भन्ने तोकिएको छैन। यो समितिले १० कित्ते नीतिका बारेमा अध्ययन गरेर सुझाव पेश गर्ने हो,’ प्रवक्ता श्रेष्ठले बिजमाण्डूसँग भने।

उनले समितिले सर्वसाधारणमा जारी हुने १० प्रतिशत सेयरको व्यवस्थालाई थपघट गर्ने बारेमा पनि अध्ययन गर्ने बताए। ‘अहिले सर्वसाधारणमा १० प्रतिशत मात्र सेयर जारी गरे पुग्छ। यो समितिले १० प्रतिशतनै हुन्छ कि अथवा यसलाई पनि रिभाइज गर्ने भन्ने बारेमा अध्ययन गर्नेछ,’उनले भने।