BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सुरु गर्‍यो सेयर किनबेच

२०८० मंसिर २५

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सुरु गर्‍यो सेयर किनबेच
ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज सञ्चालनमा, सुरु गर्‍यो सेयर किनबेच


काठमाडौं। ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिजले सोमबारदेखि सेयर कारोबार थालेको छ।

Tata
GBIME
NLIC

नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीको उद्घाटन गर्दै टीएमएस मार्फत सेयर खरिद सेवाको शुभारम्भ गरेका छन्।

अध्यक्ष ढकालले संस्थाको पूर्ण व्यावसायिक सफलताको कामना गर्दै सेयर बजारको विकास र विस्तारसँगै मुलुकको आर्थिक गतिविधिमा समेत कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताएका छन्।

त्यसैगरी ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संस्थागत सुशासन, पूर्वाधार तथा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशनको पूर्ण परिपालनामा यो कम्पनी उदाहरणीय हुने बताए।  

समारोहमा ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कम्पनी सचिव विष्णुप्रसाद बास्कोटा, कम्पनीका संचालकहरु लगायत बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थिति थियो।

नेपाल धितोपत्र बोर्डबाट सेयर कारोबारका लागि इजाजत प्राप्त यो कम्पनीको कारोबार स्थान नयाँ बानेश्वर शंखमुलमार्गमा छ। कम्पनीले नेपाल स्टक एक्सचेञ्जको धितोपत्र दलाल सदस्य नं ८९ पाएको छ।