BIZMANDU
www.bizmandu.com

कम्पनीको लक इन पिरीयड खुल्नु ३० दिनअघि नै सार्वजनिक सूचना अनिवार्य‚ कारोबार पारदर्शी होला?

२०८० मंसिर २५

कम्पनीको लक इन पिरीयड खुल्नु ३० दिनअघि नै सार्वजनिक सूचना अनिवार्य‚ कारोबार पारदर्शी होला?
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share


काठमाडौं। नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको लक इन पिरीयड खुल्नु ३० दिनअघि नै सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।

Tata
GBIME
NLIC

बोर्डले सोमबार सूचना जारी गर्दै सेयर कारोबारलाई थप व्यवस्थित तथा पारदर्शी बनाउनका लागि यस्तो व्यवस्था गरेको जनाएकाे हो। लक इन पिरियड खुल्नुअघि अघि नै लगानीकर्ता एंव सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउनु अनिवार्य गरिएकाे सूचनामा छ।

यसरी सूचना जारी गर्दा कुल सेयर संख्या तथा लक इन अवधि समाप्त हुने मितिसमेत स्पष्ट खुलाइ सूचना निकाल्नु पर्छ। सूचनाको जानकारी बोर्ड, नेप्से तथा सीडीयसीलाई जानकारी गराउनु पर्नेछ। सूचना जारी भएपछि नेप्से र सीडीएससीको वेबसाइटमा एक सातासम्म राख्नु पर्नेछ।

पछिल्लो समय विशेषगरि हाइड्रोपावर कम्पनीहरुमा लक इन खुल्नेवित्तिकै सेयर बेचेर मूल लगानीकर्ताहरु कम्पनीबाट बाहिरिने प्रवृत्ति थियो।