BIZMANDU
www.bizmandu.com

सिजन सकिएसँगै हिमाली क्षेत्रमा घटे पर्यटक, लुक्लामा दैनिक ५० वटा मात्र उडान अवतरण

२०८० मंसिर २५

सिजन सकिएसँगै हिमाली क्षेत्रमा घटे पर्यटक, लुक्लामा दैनिक ५० वटा मात्र उडान अवतरण
सिजन सकिएसँगै हिमाली क्षेत्रमा घटे पर्यटक, लुक्लामा दैनिक ५० वटा मात्र उडान अवतरण


काठमाडौं। हिमाली क्षेत्रमा पर्यटकको आवगमन कम भएसँगै लुक्ला विमानस्थलमा उडान चहलपहल घट्न थालेको छ। दुई साता अगाडि हवाईजहाज र हेलिकोप्टरको गरी दैनिक ४०० भन्दा उडान अवतरण हुँदै आएको लुक्लामा अहिले त्यो संख्या ५० मा झरेको छ।

Tata
GBIME
NLIC

विमानस्थल प्रमुख उमेश कुमार पन्थीले सिजन सकिएसँगै पर्यटकको कमीले उडान घटेको बताए। ‘हेलिकोप्टर र फिक्स विङमार्फत दुई साताअघि ४०० भन्दा बढी उडान अवतरण हुने गरेकामा सिजन सकिएलगत्तै अहिले ५० वटा फ्लाइट भइरहेको छ,’ पन्थीले भने।’

पर्यटकको चापका कारण हवाईजहाजले लुक्लामा काठमाडौंका अलावा रामेछापबाट उडान गर्दै आएका थिए। यस्तै हेलिकोप्टरले विशेषगरी लुक्लाबाट सगरमाथाका विभिन्न क्षेत्रमा उडान गर्ने गरेका थिए।

सिजनका लागि खुला गरिएको रामेछाप-लुक्ला उडान अवतरण अहिले पर्यटक घटेपछि निकै कम भएको छ। पन्थीका अनुसार रामेछापबाट लुक्लामा अहिले दैनिक एउटा उडान भइरहेको छ। सिजनमा एक दर्जनभन्दा बढी उडान हुने गरेको थियो।