BIZMANDU
www.bizmandu.com

एनएसएल: शीर्ष स्थान ताकेको पोखरा थण्डर्सलाई काठमाडौं रेजर्सले रोक्ला?

२०८० मंसिर २५

एनएसएल: शीर्ष स्थान ताकेको पोखरा थण्डर्सलाई काठमाडौं रेजर्सले रोक्ला?
एनएसएल: शीर्ष स्थान ताकेको पोखरा थण्डर्सलाई काठमाडौं रेजर्सले रोक्ला?


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा सोमबार पोखरा थण्डर्स र काठमाडौं रेजर्स भिड्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।

Tata
GBIME
NLIC

अंक तालिकामा दिनेश राजवंशीको कप्तानीमा रहेको पोखरा थण्डर्स ४ खेलमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेर तेस्रो स्थानमा छ। जारी लिगमा अपराजित तीन टोलीमध्ये पोखरा पनि एक हो। त्यस्तै काठमाडौं रेजर्स सुरुवाती खेलमा राम्रो प्रदर्शन गरेर पछिल्लो खेलमा लय गुमाउँदै गएको टोली हो। साविक विजेता काठमाडौंले १ जित, २ बराबरी र १ हार बेहोर्दै ५ अंक जोडेको छ।

पोखरा आज जिते ११ अंकसहित शीर्ष स्थानमा उक्लने छ। अहिले ५ खेलबाट ९ अंकसहित ललितपुर सिटी पहिलो र ४ खेलबाट ८ अंक जोडेको धनगढी एफसी दोस्रो स्थानमा छन्। ४ खेलबाट ५ अंक जोडेको काठमाडौं रेजर्स तालिकाको पाँचौँ स्थानमा छ।

काठमाडौंको हालसम्मको नतिजा

काठमाडौं रेजर्स १-० स्पोर्टिङ इलाम

गोल गर्ने खेलाडी: राजीव लोप्चन (काठमाडौं रेजर्स)

काठमाडौं रेजर्स १-१ एफसी चितवन

गोल गर्ने खेलाडी: जुनियर एनगुने (काठमाडौं), विमल घर्तीमगर (एफसी चितवन)

काठमाडौं रेजर्स ०-० झापा एफसी

बुटवल लुम्बिनी एफसी २-१ काठमाडौं रेजर्स

गोल गर्ने खेलाडी: स्टेफेन बिनोङ, एरिक विष्‍ट (बुटवल लुम्बिनी), राजीव लोप्चन (काठमाडौं रेजर्स)

पोखराको हालसम्मको नतिजा

पोखरा थण्डर्स १-० एफसी चितवन

गोल गर्ने खेलाडी : मोसेस ट्वुम (पोखरा थण्डर्स)

ललितपुर सिटी एफसी ०-० पोखरा थण्डर्स

झापा एफसी १-१ पोखरा थण्डर्स

गोल गर्ने खेलाडी: सामन्दर ओचिलोभ (झापा), मोसेस ट्वुम (पोखरा)

स्पोर्टिङ इलाम ०-१ पोखरा थण्डर्स

गोल गर्ने खेलाडी: सञ्जीव विष्‍ट (पोखरा)