BIZMANDU
www.bizmandu.com

संघीय संसदका महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डे सिफारिस

२०८० मंसिर २५

संघीय संसदका महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डे सिफारिस
संघीय संसदका महासचिव गौतमको राजीनामा, नयाँ महासचिवमा पाण्डे सिफारिस


काठमाडौं। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। कार्यकाल नसकिँदै उनले पदबाट राजीनामा दिएका हुन्।

Tata
GBIME
NLIC

आइतबार राष्ट्रपति समक्ष गौतमले पदबाट राजीनामा दिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अबको महासचिवका लागि पदमप्रसाद पाण्डेको नाम सिफारिस गरेका छन्। ‘उहाँको ठाउँमा प्रतिनिधि सभामा सचिव पदमप्रसाद पाण्डेको नाम सिफारिस भइसकेको छ,’ प्रवक्ता गिरीले भने।