BIZMANDU
www.bizmandu.com

टाटाले आइफोन उत्पादन गर्न तमिलनाडुमा भारतकै ठूलो प्लान्ट बनाउँदै, ५० हजारले रोजगारी पाउने

२०८० मंसिर २५

टाटाले आइफोन उत्पादन गर्न तमिलनाडुमा भारतकै ठूलो प्लान्ट बनाउँदै, ५० हजारले रोजगारी पाउने
टाटाले आइफोन उत्पादन गर्न तमिलनाडुमा भारतकै ठूलो प्लान्ट बनाउँदै, ५० हजारले रोजगारी पाउने

टाटा ग्रुपले भारतको तमिलनाडुमा एप्पलको आइफोन उत्पादन गर्न प्लान्ट खोल्ने तयारी गरेको छ। हिन्दुस्तान टाइम्सका अनुसार सो प्लान्ट भारतकै सबैभन्दा ठूलो प्लान्ट हुनेछ जसमा ५० हजार बढीले रोजगारी पाउनेछन्।

Tata
GBIME

एप्पलले चीनबाट आइफोन उत्पादनको निर्भरतालाई तोड्दै भारतमा उत्पादन क्षमता बढाउने प्रयास गरिरहेको छ।

तमिलनाडुको होसुरमा १२ देखि १८ महिनाभित्र संचालनमा आउने गरि प्लान्ट निर्माणको कार्य भइरहेको छ। सो प्लान्टमा २० हजार एसेम्बली लाइन हुने जनाइएको छ।

भारतीय बहुराष्ट्रिय कम्पनी टाटा ग्रुपले गत कार्तिकमा मात्रै एप्पलका आइफोनहरु उत्पादन गर्ने गरि विस्ट्रन कर्पोरेसनले कर्नाटाकामा संचालन गरिरहेको कारखाना खरिद गरेको थियो। सो डिल १६ अर्ब ६५ करोड नेपाली रुपैयाँभन्दा बढीमा भएको थियो। सो प्लान्टमा करिब १० हजारले काम गरिरहेका छन्।

होसुरमै टाटाको प्रमुख प्ल्यान्ट यसअघि नै संचालित छन्। सो उत्पादन काराखानमा भने ५ हजार बढीले रोजगारी पाइरहेका छन्।

तमिलनाडुमा खोल्ने भनिएको नयाँ प्लान्टका लाति टाटाले कामदारहरु नियुक्त गर्न सुरु पनि गरिसकेको भारतीय संचारमाध्यमले जनाएका छन्।