BIZMANDU
www.bizmandu.com

सरकारी छानबिन समितिले थाल्यो काम, एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित जानकारी माग

२०८० मंसिर २४

सरकारी छानबिन समितिले थाल्यो काम, एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित जानकारी माग
सरकारी छानबिन समितिले थाल्यो काम, एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित जानकारी माग


काठमाडौं। एनसेलको ८० प्रतिशत सेयर बिक्रीबारे छानबिन गर्न गठित समितिले काम थालेको छ। समितिले आइतबारदेखि काम थालेको हो।

Tata
GBIME
NLIC

मन्त्रिपरिषद्‌को मंसीर २१ गतेको बैठकले एनसेलको सेयर बिक्रीमा कानूनको परिपालन र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरबारे अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाउन पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिलाई ३० दिनको समय दिइएको छ।

अध्ययन तथा छानविनका क्रममा सम्बन्धित क्षेत्रका नियामक, सरकारी अधिकारी र सम्बन्धित क्षेत्रका विज्ञ र सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने समितिले आइतबार प्रेस विज्ञप्‍तिमार्फत जनाएको छ।

समितिले एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा प्रमाण भए आफूलाई उपलब्ध गराउन आग्रह गरेको छ। समितको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राखिएको छ।