BIZMANDU
www.bizmandu.com

चेकपोष्टबाट बरामद दुई किलो सुनमा चिनियाँ नागरिकको संलग्नता, स्रोहखुट्टेबाट एक युवक समातिए

२०८० मंसिर २४

चेकपोष्टबाट बरामद दुई किलो सुनमा चिनियाँ नागरिकको संलग्नता, स्रोहखुट्टेबाट एक युवक समातिए
चेकपोष्टबाट बरामद दुई किलो सुनमा चिनियाँ नागरिकको संलग्नता, स्रोहखुट्टेबाट एक युवक समातिए


काठमाडौं। गत बिहिबार (मंसीर २१) काठमाडौंको चेकपोष्टबाट बरामद भएको सुन प्रकरणमा चिनियाँ नागरिकको संलग्नता खुलेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले २७ वर्षीय चिनियाँ नागरिकलाई काठमाडौंको सोह्रखुटेबाट नियन्त्रणमा लिएको हो।वाग्मती प्रदेश ०१- ०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीभित्र गियर बक्समा एक किलोका दुई वटा सुन राखिएको अवस्थामा यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा रसुवा गोसाईंकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका थिए। सुन चीनको केरुङ नाका हुँदै काठमाडौं आइपुगेको थियो।

प्रहरीले तस्करीमा संलग्न अरुलाई खोजी गरिरहेको छ।