BIZMANDU
www.bizmandu.com

तारा एयरको जहाजको उडान क्रममै आकस्मिक ढोका खस्यो, ग्राउण्डेड गरेर छानबिन सुरु

२०८० मंसिर २४

तारा एयरको जहाजको उडान क्रममै आकस्मिक ढोका खस्यो, ग्राउण्डेड गरेर छानबिन सुरु
तारा एयरको जहाजको उडान क्रममै आकस्मिक ढोका खस्यो, ग्राउण्डेड गरेर छानबिन सुरु


काठमाडौं। काठमाडौं-लुक्ला उडान गर्ने क्रममा आइतबार तारा एयरको एउटा जहाजको आकस्मिक ढोका खसेको छ। दुई यात्रु र कार्गो बोकेर बिहान ९:३० बजे लुक्ला उडान गरेको जहाजको ‘इमर्जेन्सी ढोका’ खसेको हो।

Tata
GBIME
NLIC

ढोका खस्यो भन्ने जहाज अवतरणपछि मात्र थाहा भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘काठमाडौंबाट उडेको नाइन एन-एएलओ कलसाइनको जहाज विहान १० बजे लुक्ला अवतरण गरेपछि मात्र इमर्जेन्सी डोर कतै खस्यो भन्ने थाहा पाइएको छ। अहिले जहाज ग्राउण्डेड गरेर अनुसन्धान हुँदैछ‚’ उनले भने,’ढोका कहाँ खसेको भन्ने कुरा पत्तै छैन।’

यतिखेर लोडर, डिस्याचर लगायतलाई ग्राउण्डेड गरेर अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।  

जहाजमा थुप्रै प्लाइ हालिएको कारण ढोका खसेको पत्तो नभएको उनको अनुमान छ। उनका अनुसार नियमले जहाजको पछाडिपट्टि रहेको इमर्जेन्सी डोर नजिकै सामान राख्न मिल्दैन। जहाजमा चालकदल बाहेक दुईजना यात्रु सवार थिए।