BIZMANDU
www.bizmandu.com

९३ अर्ब रुपैयाँको ‘बिगेस्ट डिल’मा एलए डजर्स प्रवेश गरे जापानी बेसबल स्टार सोहेइ ओतानी

२०८० मंसिर २४

९३ अर्ब रुपैयाँको ‘बिगेस्ट डिल’मा एलए डजर्स प्रवेश गरे जापानी बेसबल स्टार सोहेइ ओतानी
९३ अर्ब रुपैयाँको ‘बिगेस्ट डिल’मा एलए डजर्स प्रवेश गरे जापानी बेसबल स्टार सोहेइ ओतानी


बेसबल सेनसेसन सोहेइ ओतानी लस एनजलस् डजर्समा प्रवेश गरेका छन्। बीबीसीका अनुसार खेल इतिहासमा हालसम्मकै ‘बिगेस्ट डिल’मा जापानी बेसबल स्टार ओतानी लस एनजलस् पुगेका हुन्।

Tata
GBIME
NLIC

अमेरिकाको मेजर लिग बेसबल (एमएलबी) मा उनी ७०० मिलियन डलर (९३ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी) मा १० वर्षको कन्ट्रयाक्टमा क्लब प्रवेश गरेका हुन्। यससँगै उनी विश्वमा सर्वाधिक कमाउने एथलेटको सूचीमा परेका छन्।

यसअघि उनले लस एनजलस एनजलस र जापानको होइकाइदो निपोनबाट बेसबल खेलेका थिए।

२९ वर्षीय ओतानीलाई वर्तमान समयमा बेसबलकै उत्कृष्ट खेलाडीका रुपमा चिनिन्छ। उनी ‘अल टाइम ग्रेट’ खेलाडी बन्ने बाटोमा छन्।

धेरै जसो खेलाडी बेसबलमा ब्याटिङ वा पिच मध्य एउटामा राम्रो हुन्छन्। ओतानी भने दुवैमा उत्कृष्ट छन्। उनले दुईपटक अमेरिकन लिग एमभीपी अवार्ड जितिसकेका छन्।