BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल, २२७ कम्पनीको मूल्य बढ्यो, ४८ करोडको किनबेच

२०८० मंसिर २४

सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल, २२७ कम्पनीको मूल्य बढ्यो, ४८ करोडको किनबेच
सेयर बजारमा ९ मिनेटमै १११ अंकको उछाल, २२७ कम्पनीको मूल्य बढ्यो, ४८ करोडको किनबेच


काठमाडौं। मौद्रिक नीतिमा लचकताको प्रभाव सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ।

Tata
GBIME
NLIC

तेस्रो सर्किटपछि कारोबार आजका लागि बन्द भएको छ। सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबार कारोबार बन्द भएको हो।

बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो।

पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो।

त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेटमै ६ प्रतिशतले बढ्यो। त्यसपछि कारोबार बन्द भएको हो। नेप्से १९६३.९८ अंकमा पुगेको छ।

२२७ कम्पनीको सेयर मूल्य बढ्दा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यो उपसमूहको सूचक ८.६३ प्रतिशतले उकालो लागेको छ। रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर लगायत एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।