BIZMANDU
www.bizmandu.com

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने, बोनसलाई प्राथमिकता

२०८० मंसिर २४

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने, बोनसलाई प्राथमिकता
चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने, बोनसलाई प्राथमिकता

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २२ गते सम्पन्न २४३औं संचालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो।

Tata
GBIME

कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ।

लाभांशमध्ये १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो। यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनलाई कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले पुस २० गते शुक्रबार साधारण सभाको मिति तोकेको छ। पुस ८ गते बुक क्लोज मिति तोकिएको छ। हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड छ। लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरुलाई ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरि १५ प्रतिशत लाभांश वितरण गरेको थियो।