BIZMANDU
www.bizmandu.com

आइसीएफसी फाइनान्सको लाभांश घट्यो, गत वर्षको नाफाबाट साढे ६ प्रतिशत मात्र नगद दिने

२०८० मंसिर २४

आइसीएफसी फाइनान्सको लाभांश घट्यो, गत वर्षको नाफाबाट साढे ६ प्रतिशत मात्र नगद दिने
आइसीएफसी फाइनान्सको लाभांश घट्यो, गत वर्षको नाफाबाट साढे ६ प्रतिशत मात्र नगद दिने


काठमाडौं। आइसीएफसी फाइनान्स कम्पनीको लाभांश घटेको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश घटेको हो।

Tata
GBIME
NLIC

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुलाई चुक्ता पुजीको ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २२ गते बसेको फाइनान्स कम्पनीको संचालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले लगानीकर्ताहरुलाई ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो। कम्पनीले गत वर्षको नाफाबाट प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ।