BIZMANDU
www.bizmandu.com

तीन महिनामा ३५ किलो चाँदी बरामद, मधेस र बागमती प्रदेशमा मात्रै देखियो तस्करी

२०८० मंसिर २४

तीन महिनामा ३५ किलो चाँदी बरामद, मधेस र बागमती प्रदेशमा मात्रै देखियो तस्करी
तीन महिनामा ३५ किलो चाँदी बरामद, मधेस र बागमती प्रदेशमा मात्रै देखियो तस्करी


काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा ३५ किलो अवैधरुपमा ल्याएको चाँदी बरामद गरेको छ।

Tata
GBIME
NLIC

बागमती प्रदेशमा सबैभन्दा धेरै चाँदी बरामद भएको हो। त्यस्तै, तराईका भारतीय सीमा जोडिएका जिल्लाहरूमा पनि चाँदी धेरै बरामद भएको छ।

बागमती प्रदेशमा २० किलो चाँदी बरामद हुँदा मधेस प्रदेशमा १५ किलो चाँदी बरामद भएको प्रहरीले जानकारी दिएको छ। अन्य प्रदेशमा भने चाँदी बरामद नभएको प्रहरीको तथ्यांकले देखाउँछ।

बरामद गरेको चाँदीबाट प्रहरीले ४२ लाख ६८ हजार रुपैयाँ संकलन गरेको छ। त्यस्तै, तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले सोही अवधिमा ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

सुन र चाँदीमा तस्करीको ‘ट्रेन्ड’ भने विपरीत रहेको छ। चाँदी भारतबाट नेपालतिर आउने गर्छ भने सुन नेपाललाई ‘ट्रान्जिट’ बनाएर भारत जाने गरेको देखिन्छ। सोही अवधिमा प्रहरीले सुन भने १७ किलो बरामद गरेको छ।