BIZMANDU
www.bizmandu.com

गाडीको गियर बक्समा लुकाएर रसुवाबाट काठमाडौंसम्म सुन ल्याए, चेकपोस्टमा आइपुगेपछि मात्र समातिए

२०८० मंसिर २२

गाडीको गियर बक्समा लुकाएर रसुवाबाट काठमाडौंसम्म सुन ल्याए, चेकपोस्टमा आइपुगेपछि मात्र समातिए
गाडीको गियर बक्समा लुकाएर रसुवाबाट काठमाडौंसम्म सुन ल्याए, चेकपोस्टमा आइपुगेपछि मात्र समातिए

काठमाडौं। रसुवाको केरुङ नाका हुँदै गाडीको गियर बक्समा सुन लुकाएर काठमाडौं ल्याएको खुलेको छ।

Tata
GBIME
NLIC

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन ल्याउने तीन जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा गोसाईंकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल र २८ वर्षीय ग्याल छिरिङ तामाङ रहेका छन्।

उनीहरूलाई विशेष सुराकीको आधारमा बिहीबार राति पौने १० बजे काठमाडौंको चन्द्रागिरि नगरपालिकाको चेकपोस्टबाट पक्राउ गरिएको हो।

वाग्मती प्रदेश ०१- ०२८ च २६९७ नम्बरको स्कोर्पियो गाडीभित्र गियर बक्समा एक किलोका दुई वटा सुन राखिएको थियो। रसुवाबाट प्रहरीको जाँच छल्दै आएका उनीहरू चेकपोस्टमा उम्कन सकेनन्। पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।