BIZMANDU
www.bizmandu.com

क्लबहाउस, फेसबुकबाट सेयर बजार प्रभावित पार्नेलाई सेबोनले कारबाही गर्ने, लगानीकर्तालाई गरायो सचेत

२०८० मंसिर २२

क्लबहाउस, फेसबुकबाट सेयर बजार प्रभावित पार्नेलाई सेबोनले कारबाही गर्ने, लगानीकर्तालाई गरायो सचेत
क्लबहाउस, फेसबुकबाट सेयर बजार प्रभावित पार्नेलाई सेबोनले कारबाही गर्ने, लगानीकर्तालाई गरायो सचेत


काठमाडौं। पछिल्लो केही वर्षदेखि क्लब हाउस सेयर बजारको चिया गफ गर्ने अड्डा बनेको छ। यहि प्लेटफर्म प्रयोग गरेर केही सीमित व्यक्तिले सोझा लगानीकर्तालाई सेयर किनबेचमा उक्साइरहेका थिए।

Tata
GBIME
NLIC

अझ केही लगानीकर्ताले फेसबुकमा ग्रुप बनाएर निश्चित शुल्क लिने र त्यहीबाट सेयर किनबेच प्रभावित बनाइरहेका थिए। समाजिक संञ्जालमार्फतहुँदै आएको यो गतिविधिलाई नेपाल धितोपत्र बोर्डले गम्भीर रुपमा लिँदै यस्ता गतिविधि गर्नेलाई कारवाहीको चेतावनी दिएको छ।

बोर्डले स्वतन्त्र रुपमा संचालन हुने बजारलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सेयर किनबेच गर्न प्रोत्साहित गर्नु धितोपत्र कारोबार सम्वन्धि कसुर मानिने भन्दै कारवाहीको चेतावनी दिएको हो। बोर्डले बजारलाई प्रभावित बनाउने काम गरेमा धितोपत्र सम्वन्धि ऐन २०६३ अनुसार कारवाही गर्ने स्पस्ट पारेको छ।

बोर्डले लगानीकर्तालाई कुनै उक्साहटमा नलागी सुझबुझपूर्ण हिसाबले लगानीका लागि आग्रह समेत गरेको छ।